आईएमई लाइफ इन्स्योरेन्सको सहयोग «

आईएमई लाइफ इन्स्योरेन्सको सहयोग

आईएमई लाइफ इन्स्योरेन्स कंम्पनी लिमिटेडले सरकारले स्थापना गरेको कोरोना रोकथाम तथा नियन्त्रण कोषमा ७ लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको छ ।
विश्वभर फैलिएको कोरोना भाइरसको महामारीका कारण नेपालमा पनि उत्तिकै असर गरेको र यस संकटको घडीमा एउटा सानो सहयोगले पनि कोरोना भाइरस विरुद्ध रोकथाम, तथा नियन्त्रणका साथै उपचारका लागि थप सहयोग हुने विस्वास कम्पनीले जनाएको छ ।
कंम्पनीको क्षेत्रिय तथा शाखा कार्यालयमार्फत नेपालभरको विभिन्न अस्पतालहरुमा चिकित्सक र स्वास्थ्यकर्मीलाई व्यक्तिगत सुरक्षाका लागि सुरक्षा सामग्री पिपिई लगायतका सामानहरु समेत हस्तान्तरण गरेकोे छ ।

 

प्रतिक्रिया दिनुहोस्