रिलायन्स लाइफ इन्स्योरेन्सको सहयोग «

रिलायन्स लाइफ इन्स्योरेन्सको सहयोग

कोरोना भाइरस नियन्त्रण तथा रोकथाम कोषमा रिलायन्स लाइफ इन्स्योरेन्सले नगद सहयोग गरेको छ । कम्पनीले कोषमा ७ लाख ५० हजार रुपैयाँ जम्मा गरेको जनाएको छ ।
कोरोना भाइरसका कारण विश्व नै आक्रान्त भएका बेला सामाजिक दायित्वअन्र्तगत आपतकालीन कोषमा रकम जम्मा गरेको कम्पनीले जनाएको छ । सरकारले आह्वान गरेको लकडाउनको पूर्ण रुपमा पालना गरेर कोरोनाको महामारी नियन्त्रणमा सहयोग गर्न पनि कम्पनीले आग्रह गरेको छ ।

 

प्रतिक्रिया दिनुहोस्