कोभिड–१९ र जीजिविषाको चिन्ता १ «

कोभिड–१९ र जीजिविषाको चिन्ता १

 
हामी गरिब र गरिबका बच्चा–बच्चीहरू ‘लकडाउन’ अवधिभर के खाएर बाँच्ने सरकार ?

सन् २०१९ को डिसेम्बर अन्त्यतिर चीनबाट फैलिन सुरु भएको कोभिड–१९ नामक संक्रामक भाइरसले सुरुको केही समय चीनमा मात्रै धेरै असर गरेको थियो । चीनको पनि विशेषतः दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानमा मात्रै ९सम्पूर्ण चीनको ९० प्रतिशतभन्दा बढी० धेरै असर गरेको थियो । तर, बिस्तारै कोभिड–१९ नामक संक्रामक भाइरस विश्वभरि फैलिएर महामारीको रूप लिएको छ । हुन पनि विश्वमा रहेको १ सय ९५ वटा सार्वभौमसत्ता सम्पन्न देश र बाँकी अन्य ९अरूको अह्रन–खटनमा रहेका स–साना टापु देश गरी २ सय २० वटा देशमध्ये २ सय १० देशमा कोभिड–१९ नामक संक्रामक भाइरसको संक्रमणले आफ्नो उपस्थिति जनाइसकेको छ । त्यस्तै कोभिड–१९ नामक संक्रामक भाइरसका कारण विश्वभरिका विभिन्न देशका २० लाख ८४ हजारभन्दा बढी मानिस बिरामी भएका छन् भने १ लाख ३४ हजार ६ सयभन्दा बढी मानिसको ज्यान लिएको छ । त्यस्तै ५ लाख १५ हजार १ सय ४७ भन्दा बढी मानिस निको भएर घर फर्केका छन् भने ५१ हजार १ सय ४४ जना सिकिस्त बिरामी छन् । यो तथ्यांक सन् २०२०, अप्रिल १६, ग्रिनविच मिन टाइम ९जिएमटी० ०६ः२२ बजेसम्मको हो ।
कोभिड–१९ नामक संक्रामक भाइरसको महामारी तलसम्म ९संक्रमित व्यक्तिले अर्को व्यक्ति वा पूरै घरपरिवार र समाजलाई० संक्रमित नगरोस्-भाइरस नसारोस् १ भनेर विश्वका केही देशले सबैभन्दा उत्तम उपायका रूपमा रहेको ‘लकडाउन’ सुरु गरे । नेपाल सरकारले पनि विश्वका अन्य केही देशले झैँ ‘लकडाउन’ कै उपाय अवलम्बन गरेको छ । यति हुँदाहुँदै पनि नेपालमा कोभिड–१९ नामक संक्रामक भाइरसको महामारीको लक्षण अर्थात् कोभिड–१९ को महामारीको ‘पोजिटिभ’ १६ जनामा देखिएको छ । तीमध्ये सुदूरपश्चिममा एक जनामा बाहेक सबै विदेशबाट आउनेहरू छन् । आज फेरि काठमाडांैमा लगभग एक महिनाअघि इटलीबाट नेपाल आएकी एक महिलामा पनि कोभिड १९ को ‘पोजिटिभ’ भेटिएको भन्ने समाचार आएको छ । तर, यसबारेमा सरकारी निकायले आधिकारिक रूपमा हो १ नभनेसम्म पुष्टि नहुने भएकाले ।।। ।
यसरी हाल विश्वका लगभग एकचौथाइ जनसंख्या कोभिड–१९ नामक संक्रामक भाइरसको महामारीको आतंकबीच ‘लकडाउन’ र ‘संकटकाल’को सामना गर्दै कष्टकर जीवन बाँचिरहेका छन् ।
त्यसो त राज्यव्यवस्था राम्रो भएको, सरकार विश्वासिलो एवम् दह्रो भएको र सुशासनको ग्यारेन्टी भएका देशका जनतालाई त ‘लकडाउन’ र ‘संकटकाल’ले व्यक्तिगत स्वतन्त्रताको मात्रै चिन्ता थपेको छस अर्थात् उनीहरूलाई ‘लकडाउन’ र ‘संकटकाल’ अवधिभरि कसरी बाँच्ने रु भन्ने अनि अहिले के खाऔं, भरे के खाऔं रु भोलि के ।।। रु भन्ने खासै चिन्ता छैन । तर, नेपाल र भारतजस्ता देशहरूमा त सरकारले आफ्नो देशका जनता जसरी बाँचून् मतलब छैन १ खालि हात ‘लकडाउन’ अवधिभर घरभित्रै बस, बाहिर–फेर हिँडडुल नगर १ खबरदार १ तिमीहरू ‘लकडाउन’को समयमा घरबाहिर हिँडडुल गरेमा हाम्रा सुरक्षाकर्मीहरूले पक्डेर ।।। बेर छैन १ पो भन्छ ।।। । त्यसैले हामी गरिब र गरिबका बच्चा–बच्चीहरू ‘लकडाउन’ अवधिभर के खाएर बाँच्ने सरकार रु
–निनाम कुलुङ ‘मंगले’

प्रतिक्रिया दिनुहोस्