लकडाउनमा महशुल भुक्तानी नगरेका कारण इन्टरनेट सेवा अवरुद्ध नगर्न निर्देशन «

लकडाउनमा महशुल भुक्तानी नगरेका कारण इन्टरनेट सेवा अवरुद्ध नगर्न निर्देशन

नेपाल दूरसञ्चार प्राधिकरणले बन्दाबन्दी अर्थात लकडाउन अविधमा महशुल भुक्तानी नगरेका कारण सेवा अवरुद्ध नगर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको छ ।
प्राधिकरणले शुक्रबार सूचना जारि गर्दै लकडाउन अवधिभर इन्टरनेट सेवा निरन्तर सञ्चालन गर्न इन्टरनेट सेवा प्रदायकहरुलाई निर्देशन दिएको हो । लकडाउनको अवधिमा इन्टरनेट सेवाको महशुल भुक्तानी गर्न असमर्थ भएको अवस्थामा सेवा अवरुद्ध हुदा त्यसको नकारात्मक असर पर्ने भन्दै सम्भव भएसम्म अनलाईन माध्यमबाट भुक्तानी लिने व्यवस्था गर्न निर्देशन दिएको छ । अनलाइनबाट भुक्तानी गर्न असमर्थ रहेका ग्राहकहरुको लकडाउन अवधि पश्चात विलम्ब शुल्क नलिई भुक्तानी लिने व्यवस्था गर्न पनि निर्देशन छ । हालको विषम परिस्थितिमा अत्यावश्यक सेवाहरु सूचारु राख्नु पर्नेमा केही इन्टर्नेट सेवा प्रदायकहरुले समयमा महशुल भुक्तानी नगरेको कारण सेवा अवरुद्ध गरेको गुनासो प्राप्त भएका कारण यस्तो निर्णय गरेको प्राधिकरणले जनाएको छ । पछिल्लो दिनमा इन्टरनेटको प्रयोग ह्वात्तै बढेको छ भने उपभोक्ता भने घरभित्रै थुनिएकाले सेवा शुल्क भुक्तानीमा समस्या भोगिरहेका छन् ।

प्रतिक्रिया दिनुहोस्