विदेशमा अलपत्र नेपाली फिर्ता ल्याउन सर्वोच्चको आदेश

सर्वोच्च अदालतले विदेशमा अत्यन्त जोखिम अवस्थाका रहेका नेपाली नागरिकलाई फिर्ता ल्याउन र उद्धारका लागि आवश्यक गृहकार्य गर्न सरकारलाई आदेश दिएको छ ।
विहिबार न्यायाधीश सपना मल्ल प्रधानको एकल इजलासले उनीहरुलाई फिर्ता ल्याउन र उद्धारका लागि आवश्यक गृहकार्य गर्न आदेश दिएको हो ।
अधिवक्ता सोमप्रसाद लुईटेलको निवेदनको सुनुवाईपछि आदेश जारी गर्दै गम्भीर र संवेदनशील तरिकाबाट विना भेदभाव, बिना स्वेच्छाचारी र विवेकपूर्ण तरिकाले नियमन र नियन्त्रणको शर्त बन्देजसहित व्यवस्थापकिय पहल गर्न सरकारलाई सर्वोच्चले भनेको छ । साथै उनीहरुको व्यक्तिगत अधिकार तथा बहुसंख्यक जनताको जीवन, स्वास्थ्य र सुरक्षाको हितलाई समेत सन्तुलित तरिकाले संरक्षण गर्न समेत आदेश दिएको छ । सर्वोच्चको यस्तो आदेशसँगै सीमावर्ती क्षेत्रमा अलपत्र अवस्थामा रहेका नेपाली नागरिकलाई क्वारेन्टाईनको शर्तसहित घर फर्किन बाटो खुलेको छ ।