स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन

वासिङटन-प्राध्यापक स्टेफेन हकिङको ७६ वर्षको उमेरमा निधन भएको छ । बेलायती सञ्चार माध्यमले परिवारका प्रवक्ताको हवाला दिदै उनको मृत्यू क्याम्ब्रिजमा रहेको आफ्नै घरमा भएको उल्लेख गरेको छ ।
ब्रह्माण्डको रहस्यको बताउने वैज्ञानिक स्टेफेन हकिङको जन्म ८ जनवरी १९४२ मा भएको थियो । उनले हालै मात्र बिग ब्याङको पहिले संसारको बारेमा बताएका कुराले पुरै विश्व आश्चर्यमा परेको थियो ।
हकिङका छोराहरु लकी, रोबर्ट तथा टिमले आफ्ना प्रिय पिता अब यो दुनियामा नरहेको कुरा दुःखका साथ बताएका छन् । उनी एक महान वैज्ञानिक मात्रै नभई महान मानिस पनि भएको बताइएको छ । उनले विज्ञानको दुनियाम यती धेरै काम गरेका छन् कि संसारले यसलाई सदा सदा सम्झिरहने छ । उनको हिम्मत तथा खोजले पुरै दुनियालाई प्रधावित गरेको छ ।
आफ्नो सफलताको रात बताउदै उनले एक पटक आफ्नो बिमारीे आफूलाई वैज्ञानिक बन्न सबै भन्दा ठूलो भूमिका खेलेको बताएका थिए । हकिङले ब्ल्याक होलको बारेमा पनि अनुसन्धान गरेका थिए ।