कोभिड–१९ःअन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपाल लगायतका गरीब देशलाई ऋणमा राहत «

कोभिड–१९ःअन्तर्राष्ट्रिय मुद्रा कोषद्वारा नेपाल लगायतका गरीब देशलाई ऋणमा राहत

वासिङटन-अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले कोरोना महामारीलाई मध्यनजर गर्दै नेपाल लगायत २५ गरीब देशलाई ऋणमा राहात दिएको छ । उसको यो सहयोगबाट यी सबै मुलुकहरुले कोभिड–१९ सँग लड्नका लागि आफ्नो कोष जम्मा गर्न सक्ने निश्कर्ष आईएमएफको छ । गरीब मुलुकका लागि ६ महिनासम्मको राहात दिने कोषले जनाएको छ ।
संस्थाले यो फैसलापछि यी सबै मुलुकहरु विश्वव्यापी महामारीसँग जुभ्mनका लागि आफ्नो यहाँको कोषका लागि सही तरिकाबाट प्रयोग गर्न सक्ने जनाएको छ । यी २५ मुलुकमा नेपाल, अफगानिस्तान, ताजिकिस्तान, यमन, माली, मोजाम्बिक, रुवान्डा लगायतका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्