पहिलोपटक पम्प स्टोरेजको लाइसेन्स «

पहिलोपटक पम्प स्टोरेजको लाइसेन्स

ऊर्जा मन्त्रालयले पहिलो पटक ‘पम्प स्टोरेज’ जलाशय जलविद्युत् आयोजनाको अध्ययन अनुमतिपत्र (लाइसेन्स) दिएको छ । पोखरास्थित बेगनास र रूपातालमा निर्माण हुने १५० मेगावाटको ‘बेगनास–रूपा पम्प जलाशय’ को अनुमतिपत्र मन्त्रालयले नेपाल विद्युत् प्राधिकरणलाई बिहीबार दिएको हो । प्राधिकरणले अनुमति लिन गत असोज २७ गते विद्युत् विकास विभागमा आवेदन दिएको थियो । एक साताअघि प्राधिकरणले सबै विवरण बुझाएपछि ऊर्जा मन्त्रालयलाई अनुमतिपत्रका लागि सिफारिस गरेको विभागका महानिर्देशक नवीनराज सिंहले जानकारी दिए । 
बेगनासको पानी रुपामा खसालेर विद्युत् उत्पादन गर्न सक्ने गरी अघि बढाउन लागेको आयोजनाको लागत १३ करोड ५ लाख २२ हजार ७ सय १९ अमेरिकी डलर अनुमान गरिएको छ । 

प्रतिक्रिया दिनुहोस्