सुकेपोखरी क्षेत्रको वनभरि गुराँस ढकमक्क फुलेको «

सुकेपोखरी क्षेत्रको वनभरि गुराँस ढकमक्क फुलेको

पाँचथर-सुकेपोखरी क्षेत्र यतिखेर बिभिन्न प्रजातिका गुराँस फुलेर रातै देखिन्छ । गुराँस फुलेर ढकमक्क देखिएको सुकेपोखरी क्षेत्र पुग्दा स्वर्ग पुगेको आभाष हुन्छ । गुराँस फुलेर हेरिरहुँ जस्तो लाग्ने सुखेपोखरी क्षेत्र यतिखेर सुनसान बनेको छ । देशमा दुई सातायता लकडाउन भएकाले यतिखेर पर्यटकीय स्थल सुखेपोखरी सुनसा नबनेको हो । गुराँस फुलेर ढकमक्क बनेको गुराँसको बगैंचा  हेर्न पर्यटक नपुग्दा स्थानीयहरूलेलाई पनि सुनसान लाग्ने गरेको स्थानीयहरू बताउँछन् ।
यो समय नयाँ वर्ष नजिकिँदै गर्दा सुकेपोखररी क्षेत्रमा साता दिने मेला लाग्ने गरेको स्थानीय मनोज राईले बताए । यसपल्ट लकडाउनका कारण मेल स्थागित भएको उनले बताए । एक साता लामो मेलामा गुराँस हेर्न धेर टाढाटाढाबाट पर्यटकहरू आउने गरेको राई सम्झन्छन् ।
“अघिल्लो वर्ष त जंगल भरी मान्छे हुन्थे नयाँ मान्छे देख्दा हामीलाई पनि रमाइलो लाग्थ्यो तर अहिले त सुनसान छ ।” सुकेपोखरीमा भेटिएका फैजमान राई बिगत सम्झदै थिए । गुराँसको सिजनमा चहलपहल हुने सुकेपोखरीका घरहरू भरिभराउ हुने राई बताउँछन् । यस वर्ष त अघिल्लो वर्षभन्दा धेरै गुराँस फुल्यो तर पर्यटक आएका छैनन् । राइले भने, “कोरोनाले सबैतिर असर गर्दा यता तिर पनि राम्रो असर ग¥यो,” राईले भने । साता दिन समय बिभिन्न ठाउँका पर्यटकहरू सुकेपोखरीको गुराँससँग रमाउने गरेको स्थानीयहरू बताउँछन । सुकेपोरी क्षेत्रभित्र पर्ने लोहाकिलबाट बिहानीको समयमा सूर्यदयको दृश्यावलोकन पनि गर्न सकिने स्थानीयहरू बताउँछन् ।
सदरमुकाम फिदिमबाट नजिकै मेची राजमार्गको नजिक पर्ने यो ठाउँमा गुराँसमा रमाउने आन्तरिक पर्यटकका कारण व्यापार व्यवसाय राम्रो हुने गरेको स्थानीयहरू बताउँछन् । लोकल कुखुराका बिभिन्न परिकारहरू, रुखको झ्याउबाट बनेका बिभिन्न परिकाहरू र स्थानीय रूपमा बनाइने वाचिप्पा सुखेपोखरीका खानाका आइटमहरू हुन् । बिभिन्न रुखका झ्याउहरूबाट बनेका परिकारहरूले जोकोहीलाई मोहित बनाउने गरेको छ । स्थानीयहरूका अनुसार गुराँसको सिजनमा लगाइने मेलामा निक्कै राम्रो व्यापार हुन्थ्यो । प्रदेश १ का जिल्लाहरूमा ३१ प्रजातिका गुराँस पाइने बताइन्छ ।

प्रतिक्रिया दिनुहोस्