नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्न कनेक्ट आईपीए «

नेपाल लाइफको बिमा शुल्क भुक्तानी गर्न कनेक्ट आईपीए

नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको बिमा शुल्क (प्रिमियम) विभिन्न डिजिटल पेमेन्ट सिस्टमबाट भुक्तानी सुविधा दिँदै आएकोमा अब कनेक्ट आईपीएसमार्फत पनि अनलाइन भुक्तानी गर्न सकिने कम्पनीले जनाएको छ ।
कनेक्ट आइपीएसमा आबद्ध कुनै पनि बैंकको खातामार्फत घरमै बसीबसी आफ्नो बिमा शुल्क भुक्तानी गर्न सकिने भन्दै कम्पनीले कम्पनीको शाखा-उपशाखा कार्यालयमा गई आप्mनो प्रिमियम भुक्तानी गर्दै आएका सेवाग्राहीहरूले अब सहज र सरल तरिकाबाट कनेक्ट आईपीएसमार्फत अनलाइन भुक्तानी गर्न सक्ने जनायो । जुनसुकै समयमा जहाँसुकैबाट अनलाइन भुक्तानी गर्न सकिने यो सेवाले बिमितहरूको समयको बचत हुने कम्पनीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्