हकप्रद सेयरको समय थप «

हकप्रद सेयरको समय थप

लक्ष्मी क्यापिटल मार्केट लिमिटेडको निष्कासन तथा बिक्री प्रबन्धकत्वमा निष्कासन गरिएको एनएलजी इन्स्योरेन्स कम्पनीको २०७६ माघ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम साविक सेयरधनीहरूका लागि १० सेयर बराबर नयाँ ६ सेयर (१०ः६) को अनुपातमा प्रतिसेयर १ सय रुपैयाँ अंकित दरको ३८ लाख ४२ हजार ४ सय ३७.५० कित्ताहकप्रद सेयरका लागि मिति फागुन २२ गतेदेखि २०७६ चैत १२ गतेसम्म निष्कासन तथा बिक्री खुला गरिएको थियो ।
चैत १० गते अहिलेको विषम परिस्थितिलाई लिएर नेपाल सरकारबाट आएको आह्वान समेतलाई मध्यनजर राखी तथा कम्पनीको प्रकाशित विवरणमा भएको व्यवस्थाअनुसार हकप्रद निष्कासनका लागि दरखास्त दिने म्याद मिति २०७६ चैत २७ गते बैंकिङ समयसम्म थप गरिएकोमा सरकारद्वारा २०७६ चैत ११ गतेदेखि नोवेल कोरोना भाइरस (कोभिड–१९) को सम्भावित संक्रमण रोक्न मुलुकभर अत्यावश्यक सेवा बाहेकका अन्य सम्पूर्ण सेवा सञ्चालनमा रोक लगाएको छ ।
थप अबधिको घोषणा भएकाले लगानीकर्ताहरूको हितलाई मध्यनजर गरी परिस्थिति सहज भएपश्चात् आवश्यकता हेरी नियमन निकायको स्वीकृति लिई उक्त सेयरको सार्वजनिक निष्कासन तथा बिक्री खुला तथा बन्दसम्बन्धी सार्वजनिक सूचना प्रकाशित गरिने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्