अर्घाखाँची सिमेन्टद्वारा प्रदेश–५ सरकारलाई आधा करोड रुपैयाँबराबरको आर्थिक सहयोग हस्तान्तरण «

अर्घाखाँची सिमेन्टद्वारा प्रदेश–५ सरकारलाई आधा करोड रुपैयाँबराबरको आर्थिक सहयोग हस्तान्तरण

देशकै सबैभन्दा ठूलो र उत्कृष्टमध्येको एक अर्घाखाँची सिमेन्ट प्रालिले प्रदेश ५ सरकारद्वारा स्थापित कोरोना भाइरस नियन्त्रण तथा उपचार कोषका लागि ५१ लाख रुपैयाँबराबरको नगर सहयोग प्रदान गरेको छ ।
कम्पनीका सञ्चालक राजेश अग्रवालले आइतबार प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेललाई नगद चेक हस्तान्तरण गरेका हुन् । प्रदेश ५ का नागरिकको स्वास्थ्यरक्षाका लागि कोरोना भाइरसको नियन्त्रण तथा संक्रमित व्यक्तिहरूको उपचारका लागि प्रदेश ५ सरकारले सो कोष खडा गरेको थियो ।
“समुदायको हितप्रति सधै सचेत यस कम्पनीले कोरोना भाइरसको विश्वमहामारीको आजको समयमा नेपाल सरकारद्वारा नागरिकको जिवनरक्षाकालागिथालिएको अभियानमास्वयंको दायित्वबोध गरी सहयोग प्रदान गरेको हो,” कम्पनीका महाप्रबन्धक उद्धब कार्कीले बताए ।
उनकाअनुसार यसका अलावा कम्पनीको सिमेन्ट कारखना रहेको रुपन्देहीको सियारी गाउँपालिकाद्वारा जनताका लागि राहतको व्यवस्थापन गर्नका लागि सञ्चालित कार्यक्रमका लागि कम्पनीले २ लाख रुपैयाँबराबरको आर्थिक सहयोग पनि प्रदान गरेको छ ।
कम्पनीले उपलब्ध गराएको सो रकम गाउँपालिकाद्वारा आर्थिक संकटमा परेका घरपरिवारको खाद्यान्नका लागि खर्च हुनेछ । यसका साथसाथै, अर्घाखाँची सिमेन्टको चुनढुंगा खानी रहेको पाल्पास्थित दुई गाउँपालिका– तिनाउ गाउँपालिका र मचागढी गाउँपालिकाका बिपन्नवर्गका घरपरिवारका लागि कम्पनीले भोलि र पर्सी गाउँपालिकाको समन्वयमाकरिब २० लाख रुपैयाँबराबरको राहत सामग्री बितरण गर्ने जनाएको छ ।
महाप्रबन्धक कार्कीका अनुसार परिवार सदस्य संख्याका आधारमा प्रतिघरपरिवारलाई १० केजी चामल, २ केजी दाल, १ केजी नुन, १ केजी मस्यौरा, आधा केजी तेल र १ थान हातधुने साबुन प्रदान गरिनेछ ।
“सदस्य संख्या चारभन्दा बढी भएको परिवारमा भने सोभन्दा बढी परिमाणको राहत सामग्री दिइनेछ,” महाप्रबन्धककार्की अगाडि भन्छन्, “हाल सरकारले तोकेको लकडाउनको पालना गर्ने क्रममा आफ्नो दैनिक ज्यालादारी काम गर्नबाट बञ्चित रहँदा आर्थिक अभाव तथा खाद्यान्न संकट झेलिरहेका परिवारहरूको पहिचान गरी उनीहरूका लागि कम्तीमा १० दिनका लागि पर्याप्त हुने सामग्रीको वितरण गरिनेछ ।”
उनकाअनुसार चुनढुंगा खानी रहेको दुई गाउँपालिकाको कार्यालयले निम्नवर्ग भनेर पहिचान र सिफारिस गरेको सबै घरधुरीलाई सो राहत सामग्री प्रदान गरिनेछ ।

 

प्रतिक्रिया दिनुहोस्