Logo

प्यूठानमा ‘-यापिड टेष्ट’ बाट कोरोना परीक्षण शुरु

प्यूठानमा कोरोना संक्रमण भए नभएको निश्चित गर्न ‘-यापिड टेष्ट’ शुरु गरिएको छ । कोरोना संक्रमणको आशंकामा क्वारेन्टाईमा रहेका व्यक्तिहरुको ‘-यापिड डाईनोष्टिक टेष्ट (आरडिटी)’ गर्न थालिएको हो ।
ऐरावती गाउँपालिका र स्वर्गद्धारी नगरपालिकामा क्वारेन्टाईमा रहेका २७ जनाको ‘-यापिड डाईनोष्टिक टेष्ट (आरडिटी)’ मार्फत संक्रमण परिक्षण गरिएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानले जनाएको छ ।
ऐरावती गाउँपालिकामा १६ जना र स्वर्गद्धारी नगरपालिकामा ११ जनाको कोरोना संक्रमण परिक्षण भएको जिल्ला स्वास्थ्य कार्यालय प्यूठानका द्रुत प्रतिकार्य (आरआरटी) सम्वद्ध व्यक्ति पुष्कल श्रेष्ठले बताए । उनिहरु सवैमा कोरोना संक्रमण नदेखिएको उनले जानकारी दिए ।
संक्रमण नदेखिए पछि परिक्षण गरिएका सवै २७ जना घर फर्किएका छन् । २१ दिन सम्म कोरोना संक्रमणको जोखिम हुन सक्ने हुनाले होम क्वारेन्टाईनमा अनिवार्य वस्न उनिहरुलाई सुझाव दिइएको सम्वद्ध व्यक्ति श्रेष्ठले बताए । यो संगै भारत तथा तेस्रो मुलुकवाट आएका ५४ जना क्वारेन्टाईमा रहेका छन् । स्वर्गद्धारी नगरपालिकामा ३६ जना ऐरावती गाउँपालिकामा १० जना माण्डवी गाउँपालिकामा ६ जना र सरुमारानी गाउँपालिकामा २ जना क्वारेन्टाइनमा रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्