डाइना प्याकका सडक निर्माण औजारका परिमार्जित संस्करण नेपाली बजारमा

सडक निर्माणमा प्रयोग हुने डाइना प्याक ब्रान्डका परिमार्जित उपकरण नेपाली बजारमा भित्रिएको छ । नेपाल कन्स्टक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसन (एनसीईसी) ले उक्त ब्रान्डका उपकरणहरूको परिमार्जित संस्करण नेपाली बजारमा भिœयाएको हो ।
नेपालमा आफ्ना उत्पादनको बिक्री वितरण सुरु गरेको १० वर्षको उपलक्ष्यमा डाइना प्याकले परिमारजित उपकरण भिœयाएको हो । सन् २००८ देखि नेपाली बजारमा आफ्ना उत्पादनको बिक्री बितरण गरिरहेको डाइना प्याकको आधिकारिक बिक्रेता इनसीईसी छ । एक कार्यक्रमकाबीच एनसीईसीले परिमार्जित अत्याधुनिक प्रविधियुक्त परिमार्जित उपकरण भिœयाएको हो ।
एनसीईसीका मुलुकभर रहेका बिक्री र सेवा केन्द्रमार्फत डाइना प्याकका पछिल्ला संस्करणको बिक्री बितरण हुनेछ । एनसीइसीले विगत ६० वर्षदेखि यो क्षेत्रमा काम गर्दै आएको भन्दै नेपाल कन्स्टक्सन एन्ड इन्जिनियरिङ कर्पोरेसनका प्रमुख कार्यकारी अधिकृत सिद्धार्थमणि राजभण्डारीले डाइना प्याकका नयाँ उत्पादन नेपालको भौगोलिक बनावट अनुकूल रहेको बताए । उनले भने, “नेपालको भौगोलिक विकटतामा पनि डाइनाप्याकका उत्पादनले सडक निर्माणको काम सहज रूपमा गर्नेछ । साथै पछिल्ला संस्करणमा थपिएका सुरक्षा प्रविधिले हामी नेपालको बजारमा स्थापित हुनेमा आशावादी छौं ।
जर्मनीको वार्डेनबर्गमा मुख्य कार्यालय रहेको डाइना प्याकले क्षेत्रीय बिक्रेता र सेवा केन्द्र तथा वितरकसँगको साझेदारीमार्फत विश्वभरमा आफ्ना उत्पादनको बिक्री बितरण गर्दै आएको छ । जर्मनी, स्विडेन, चीन, ब्राजिल र भारतमा उत्पादन प्लान्टहरू छन् । फायाट ग्रुपको अंशका रूपमा रहेको डाइना प्याकले भारतको क्षेत्रीय कार्यालयमार्फत नेपालभित्रको सेवा सञ्चालन गर्नेछ । ‘नेपालको विकास निर्माण तथा पूर्वाधार निर्माण गर्ने राष्ट्रिय महत्वका आयोजनामा सहभागी हुन पाउँदा गौरवान्वित भएका छौं ,” फायाट ग्रुप, डाइनाप्याक इन्डियाका प्रबन्ध निर्देशक मुकुल चक्रवर्तीले भने ।