नयाँ वर्षमा भाइबरको नयाँ योजना

राकुटेन भाइबरले नयाँ वर्षमा अधिकांश मानिसहरुले कोरोना भाइरसको संक्रमण फैलिन नदिन सामाजिक दूरी कायम गर्न सरकारद्वारा जारी गरिएको निर्देशनको पालना गरिरहेको समयमा एकताको महसुस गर्न, प्रियजनहरुलाई शुभेक्षा व्यक्त गर्न घरमै बसिरहेको समयमा नेपालीहरुले ‘न्यू बिगिनिङ्गस्’ मार्फत् शुभकामना अभिव्यक्त गर्न सक्ने जनाएको छ । शुभेक्षालाई अझ बढी रमाइलो बनाउन भाइबरले जब मानिसले नयाँ वर्षको शुभकामना, शुभकामना, नयाँ तथा अन्य धेरै शब्दहरु प्रयोग गर्छन्, त्यसमा अन–स्क्रिनएनिमेसन पनि थप गरिदिएको पनि कम्पनीले जनाएको छ ।
स्वास्थ्य र सुरक्षाको प्राथमिकतालाई दृष्टिगत गर्दै एप्याकका बिजनेस डेभलपमेन्टका सिनियर डाइरेक्टर अनुभव नैयरले भने, “कोरोना भाइरसको महामारीको समयमा सबैले सामाजिक दूरी कायम गरी आफ्ना शुभकामना सन्देश प्रवाह गर्न सहयोग पुग्ने अपेक्षा गरेका छौं ।”
कम्पनीको यो नयाँ योजनाले सबै प्रयोगकर्तालाई सहज रुपमा शुभकामना तथा आफन सन्देशहरु सम्प्रेषण गर्न सहज हुने विस्वास लिएको छ ।