Logo

नेशनल लाइफ इन्स्योरेन्सको सहयोग

नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले सरकारले स्थापना गरेको कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषमा ५१ लाख रुपैयाँ जम्मा गरेको छ ।
कम्पनीको सञ्चालक समितिकी अध्यक्ष प्रेमा सिंहले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्री युवराज खतिवडालाई उक्त रकम बराबरको चेक प्रदान गरेकी छिन् । चेक हस्तान्तरण कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष एवं कम्पनीको सञ्चालक समितिको सदस्य भवानी राणा, कम्पनीका प्रमुख कार्यकारी अधिकृत भरत बस्नेत र नायव प्रमुख कार्यकारी अधिकृत सुरेशप्रसाद खत्री पनि सहभागी थिए ।
कम्पनीले विगतमा पनि संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न निकायलाई सहयोग गर्दै आएको छ । कम्पनीको सहयोगले कोरोना भाइरस संक्रमणको माहामारी रोक्न, नियन्त्रण तथा संक्रमितहरुको उपचारमा सहयोग पुग्ने अपेक्षा गरेको छ ।

प्रतिक्रिया दिनुहोस्