बजेटबाट राष्ट्रिय खेल भलिबलको नामै गायव ! «

बजेटबाट राष्ट्रिय खेल भलिबलको नामै गायव !

सरकारले युवा तथा खेलकुद क्षेत्रको विकासका लागि दुई अर्ब २४ करोड विनियोजन गरे पनि भर्खरै राष्ट्रिय खेल घोषणा भएको भलिबलको नामसम्म उच्चारण भएन । 

उपप्रधानमन्त्री एवं अर्थमन्त्री कृष्णबहादुर महराले आज व्यवस्थापिका-संसद्मा आव २०७४-७५ का लागि गरिएको बजेट वक्तव्यमा क्रिकेट र फुटबललाई लोकप्रिय खेल भन्दै मूलपानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदान निर्माणबारे बोलेका थिए । 

तर देशका आठ स्थानमा निर्माणाधीन क्रिकेट मैदान निर्माणलाई निरन्तरता दिने उल्लेख गरे पनि भलिबलका बारेमा केही बोलेनन्र । 

“लोकप्रिय खेल फुटबल र क्रिकेटलाई पहिलो चरणमा व्यावसायिक प्रतिष्ठानबाट प्रायोजन गरी राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतियोगितामा सहभागिता हुन प्रेरित गरिने छ।’

प्रतिक्रिया दिनुहोस्