तनहुँमा उत्पादित तरकारी जिल्लाभित्रै खपत «

तनहुँमा उत्पादित तरकारी जिल्लाभित्रै खपत

दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा व्यावसायिकरूपमा तरकारी खेती हुन्छ । यहाँका करिब ५०० भन्दा बढी कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्छन् । उत्पादित तरकारी तनहुँभन्दा पनि बाहिरी जिल्लामा बढी मात्रामा निर्यात हुने गरेकामा लकडाउनपछि उत्पादित तरकारीले बाहिरी जिल्लामा बजार पाएको छैन । बाहिरी जिल्लामा तरकारी निर्यात नभएपछि तरकारी कृषक सङ्गठित भएर स्थापना भएको मिलीजुली कृषि उत्पादक कृषि सहकारी संस्थाले जिल्लाभित्रै तरकारी बिक्री वितरण सुरु गरेको छ ।दमौली- तनहुँको आँबुखैरेनी गाउँपालिका–१ बरादीमा व्यावसायिकरूपमा तरकारी खेती हुन्छ । यहाँका करिब ५०० भन्दा बढी कृषकले व्यावसायिकरूपमा तरकारी खेती गर्छन् । उत्पादित तरकारी तनहुँभन्दा पनि बाहिरी जिल्लामा बढी मात्रामा निर्यात हुने गरेकामा लकडाउनपछि उत्पादित तरकारीले बाहिरी जिल्लामा बजार पाएको छैन । बाहिरी जिल्लामा तरकारी निर्यात नभएपछि तरकारी कृषक सङ्गठित भएर स्थापना भएको मिलीजुली कृषि उत्पादक कृषि सहकारी संस्थाले जिल्लाभित्रै तरकारी बिक्री वितरण सुरु गरेको छ ।कोभिड–१९को जोखिम नियन्त्रणका लागि जारी लकडाउनमा सर्वसाधारणलाई सहजरूपमा तरकारीको व्यवस्था गर्न सहकारीले घरघरमै पुगेर तरकारी बिक्री सुरु गरेको अध्यक्ष इश्वरबाबु गौलीले जानकारी दिए । सहजरूपमा तरकारीको आपूर्ति मिलाउन सहकारीले आफ्नै सवारी साधनबाट तरकारी बिक्री गरिरहेको गौलीले बताए । गौलीका अनुसार एक साता अगाडिबाट आँबुखैरेनी, खैरेनीटार, डुम्रे, दुलेगौडा, दमौलीलगायतका ठाउँमा तरकारी बिक्रीको व्यवस्था मिलाइएको छ । उनका अनुसार अहिले उत्पादन अनुसारका बन्दा, काउली, फर्सी, लौकालगायतका तरकारी बिक्री भइरहेको छ । एक सातापछि लहरेबाली पनि उत्पादन हुनेछ । सहकारीमा ६५० शेयर सदस्य आबद्ध छन् । तीमध्ये ४०० जनाले तरकारी खेती गर्ने गरेका छन् । “हिउँद र वर्षाअनुसार फरक–फरक खेती गर्ने कृषक छन्”, गौलीले भने, “बजारको आवश्यकता र मागलाई ध्यानमा राखेर तरकारी उत्पादन गर्छौँ ।”सहकारीमा आबद्ध कृषकको सहकारीमा नै खाता खोलिएको छ । तरकारी बिक्रीवापतको पैसा सिधै कृषकको खातामा जम्मा गर्ने व्यवस्था मिलाइएको छ । सहकारीले गत वर्ष मासिक दुई लाख ५० हजारसम्मको तरकारी बिक्री गर्ने गरेको थियो । 
दमौली अस्पताललाई पीपीईव्यक्तिगत सुरक्षा सामग्री (पीपीई) को अभावमा स्वास्थ्यकर्मी बिरामीको परीक्षण गर्न डराइरहेका बेला लायन्स क्लब अफ नेपाल ३२५ बी १ ले दमौली अस्पताललाई पीपीई सहयोग गरेको छ । कोभिड–१९ का शंकास्पद बिरामीको स्वास्थ्य परीक्षणका क्रममा स्वास्थ्यकर्मीको सुरक्षालाई ध्यानमा राखेर क्लबले अस्पताललाई आठ थान पीपीई सहयोग गरेको छ । दमौली अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीलाई उक्त पीपीई हस्तान्तरण गर्दै राष्ट्रियसभा सदस्य प्रकाश पन्थले उच्च मनोबलका साथ स्वास्थ्यकर्मीले काम गर्ने वातावरण सिर्जना गर्नु अहिलेको आवश्यकता रहेको बताए । कोभिड–१९ का शंकास्पद बिरामीले पोखरा गएर नमुना संकलनका दिनुपर्ने बाध्यताको अन्त्य गर्न अस्पतालले दमौलीबाटै स्वाब संकलनको व्यवस्था मिलाएको छ । विकास समितिका अध्यक्ष अधिकारीले शंकास्पद बिरामीलाई सहज होस् भनेर दमौलीबाटै स्वाबको नमुना संकलन गर्ने व्यवस्था मिलाइएको जानकारी दिए । तनहुँ जिल्लामा हालसम्म एक जनाको स्वाबको परीक्षण गरिएको छ । ऋषिङ गाउँपालिका–६ का एक व्यक्तिको काठमाडौंमा स्वाबको परीक्षण गरिएकोमा उनको नतिजा नेगेटिभ आएको थियो । जिल्लामा अहिलेसम्म विदेशबाट फर्किनेको संख्या ७१४ पुगेको छ । तीमध्ये एकजना मात्रै स्थानीय तहले बनाएको क्वारेन्टाइनमा बसेका छन् । 

प्रतिक्रिया दिनुहोस्