भारतीय बजारका अफरोड मोटरसाइकल «

भारतीय बजारका अफरोड मोटरसाइकल

काठमाडौं । धेरैलाई पहाडको बाटोमा मोटरसाइकल राइडिङ गर्ने शोख हुन्छ । त्यसका लागि उपयुक्त मोटरसाइकलको खाँचो पर्छ । सबै खाले मोटरसाइकल त्यस्ता बाटोमा कुदाउन असहज हुन्छ । यहाँ पहाडको जोखिमपूर्ण सडकमा यात्रा गर्न उपयुक्त मोटरसाइकलका बारेमा जानकारी दिइएको छ । जसले तपाईको यात्रालाई सहज र आनन्ददायी बनाउन सहयोग गर्छ । कुन कुन हुन् भारतीय बजारमा आउँदै गरेका र आइसकेका त्यस्ता मोटरसाइकल ?

हिरो एक्स प्लस
हिरोको यो एडभेन्चर मोटरसाइकल चाँडै सार्वजनिक हुँदैछ । २ सय सीसीको यो मोटरसाइलको इन्जिन १८.४ पीएसको पावर र १७.१ न्युटनको टर्क जनेरेट हुनेछ । यसमा लामो ट्रेवल सस्पेन्शन र स्पोक विल्ज हुनेछ, जसले अफ रोडिङका लागि सहज बनाउनेछ । यो मोटरसाइकल जस्तो सुकै जोखिमपूर्ण बाटोमा समेत गुड्न सक्ने दाबी गरिएको छ ।

यूएम रेनिगेड ड्युटी
नयाँ यूएम रेनिगेड ड्युटी र ड्युटी एस मोटरसाइकलमा २२३ सीसी, सिंगल सिलिन्डर इन्जिन छ । यो इन्जिन १७ पीएसको पावर र १७ न्युटन मिटरको टर्क जेनेरेट गर्छ । यो मोटरसाइकल भारतीय बाजारमा करिब १.१० लाख भारुमा पाइन्छ । यसमा आरमदायक राइडिङ पोजिसन छ, जो यसको मुख्य विषेशता हो ।

बजाज डोमिनार
बजाजको डोमिनारमा ड्युल च्यानल एबीएस दिइएको छ । यो मोटरसाइकलको इन्जिनमा ३४.५ बीएचपीको पावर र ३५ न्युटन मिटरको पीक टर्क जेनरेट छ । डोमिनारको नन एबीएस मोडलको मूल्य १.३६ लाख (भारू) पर्नेछ । यो मोटरसाइकल पनि अफरोडमा यात्रा गर्न उपयुक्त हुनेछ । बजाज डोमिनार केही समय अघि नेपाली बजारमा आएको थियो ।

रोयल एनफिल्ड हिमालयन
रोयल एनफिल्डको यो मोडल भारतको सबैभन्दा सस्तो एडभेन्चर मोटरसाइकल हो । प्रविधिमा यो निकै एडभान्स छ । यसमा ४११ सीसीको ४ स्ट्रोक सिंगल सिलेन्डर इन्जिन लगाइएको छ । लामो ट्रेवल सस्पेन्शन, अपराइट राइडिङ पोजिसन, २२० एमएमको ग्राउण्ड क्लियरेन्स यसका विषेशता हुन् । मो मोटरसाइकल नेपाली बजारमा समेत उपलब्ध छ ।

महिन्द्रा मोजो युटी
यो मोडल महिन्द्रा टू ह्विलर्सको सबैभन्द महगो मोटरसाइकल हो । यसमा २९५ सीसीको सिंगल सिलेन्डर इन्जिन छ । २१ लिटरको फ्यूल ट्यांक र ३० किलोमिटर प्रतिलिटरको माइलेज यो मोटरसाइकलको विषेशता हो । यी दुवै विशेषता अफरोडमा यात्रा गर्न उपयुक्त छन् ।

यामाहा फेजर २५०
यामाहा फेजर २५० मा आइल कुल्ड २४९ ससीवाला सिंगल सिलेन्डर इन्जिन छ । विना इन्धन यसको तौल १५४ किलोग्राम छ । जसका कारण दुर्गम बाटोमा यात्रा गर्न सहज हुनेछ ।
जाज पल्सर २२० एफ
बजाज पल्सर २२० एफमा २२० सीसी इन्जिन छ । जसले २०.८ बीएचपीको पावर जेनरेट गर्न सक्छ । टाइट बजेटवाला एभेन्चर मोटरसाइलक किन्नेहरूका लागि यो उपयुक्त विकल्प हो ।
बजाज एभेन्जर २२०
यो पल्सरको प्रतिस्पर्धी मोटरसाइकल हो । भारतीय बजारमा यसको मूल्य ९४ हजार रूपैयाँ पर्छ । यो सस्तो क्रुजर मोटरसाइकल हो । यो मोटरसाइकल अफरोड यात्रा गर्नेहरूका लागि उपयुक्त विकल्प बन्न सक्छ ।
रोयल एनफिल्ड थन्डरवर्ड ५००
रोयल एनफिल्ड थन्डरवर्ड ५०० मा ५९९ सीसीको सिंगल सिलेन्डर इन्जिन छ । जसले २७.५ बीएचपीको पावर जेनेरेट गर्न सक्छ । यो एक क्रुजर मोटरसाइकल हो । यसको मूल्य भारतीय बजारमा १.९० लाख भारु पर्छ । हाइ कम्फर्ट, उत्कृष्ट परर्फमेन्स र २० लिटर फ्युल ट्यांक छ । यो मोटरसाइकल पनि अफरोड यात्रा गर्नेका लागि अर्को राम्रो विकल्प हो ।

प्रतिक्रिया दिनुहोस्