प्लास्टिकका झोला उत्पादनमा कडाइ गरिँदै «

प्लास्टिकका झोला उत्पादनमा कडाइ गरिँदै

प्लास्टिकका झोला उत्पादनमा कडाइ गरिँदै
कारोबार संवाददाता
काठमाडौं, २८ फागुन
जनसंख्या तथा वातावरणमन्त्री लालबाबु पण्डितले प्लास्टिकका झोला उत्पादनमा कडाइ गर्ने बताएका छन् । नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेशकाजी श्रेष्ठको नेतृत्वमा गएको प्रतिनिधिमण्डलसँग कुरा गर्दै मन्त्री पण्डितले वातावरण प्रदूषण रोक्न प्लास्टिकका झोला उत्पादनमा कडाइ गर्ने बताएका हुन् । चेम्बरका अध्यक्ष श्रेष्ठले वातावरणीय समस्याहरूका कारण जनजीवनमा परेको प्रभावबारे भनाइ राख्दै धुवाँ धुलोका कारण काठमाडौंमा पैदल यात्रा गर्नसमेत कठिनाइ भएको बताए । सडक किनारामा रहेका व्यवसाय र व्यवसायीहरूको अवस्था दयनीय भएकातर्पm जानकारी गराउँदै यस अवस्थाको दीर्घकालीन समस्या समाधान खोज्न आग्रहसमेत गरेका छन् ।
उक्त अवसरमा वातावरणीय प्रदूषणलाई न्यून गर्न उच्च गुणस्तरीय डिजेललगायत पेट्रोलियम पदार्थ हुनुपर्ने तथा सडक निर्माण उच्च गुण स्तरको हुनुपर्ने तथा २० वर्षभन्दा पुराना ठूला भाडाका तथा निजी पर्यटकीय तथा सरकारी गाडीहरू विस्थापन गर्नुपर्ने विषयमा छलफल भएको थियो । उक्त अवसरमा माननीय मन्त्री पण्डितले वातावरण प्रदूषण नियन्त्रण गर्न निजी क्षेत्रको भूमिका रहेको बताएका छन् । सडकलाई स्वच्छ राख्न सबै व्यवसायीहरूलाई सडकमा फोहोर नफाली फोहोर राख्ने बाल्टिन राख्न सन्देश सम्प्रेषण गर्नेतर्फ ध्यानाकर्षण गराएका छन् । वातावरण स्वच्छ राख्ने सन्दर्भमा प्लास्टिकका सबै उद्योगहरूको सन्दर्भमा नभई प्लास्टिक झोलाको उत्पादन तथा वितरणमा नियन्त्रण गर्नेतर्फ जोड दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्