प्रिमियम एसयूभी फोर्ड इन्डेभर «

प्रिमियम एसयूभी फोर्ड इन्डेभर

काठमाडौं । सवारी प्रयोगकर्ताहरूलाई आफूले प्रयोग गरेको सवारीको परिमार्जत भर्सन वा नयाँ मोडल आएपछि अपग्रेड हुने चाहना हुन्छ नै । ह्याचब्याक कार चढ्नेका लागि एसयूभी वा सेडान कारले रिप्लेस गर्नु स्वभाविक हो ।
नेपालमा पछिल्लो समय एसयूभी (स्पोर्टस् युटिलिटी भेइकल) रोज्नेको संख्या बढ्दै गएको छ । यसको मुख्य कारण हो, बाटोको अवस्था । हाम्रो देशका अघिकांश बाटाहरू कच्ची वा अर्धपक्की छन् । त्यसैले धेरैजसो बाटो कच्ची भएकाले अफरोड यात्रा गर्नेहरूले एसयूभी रोज्ने गरेका छन् । त्यसमा पनि पछिल्लो समय प्रिमियम एसयूभी प्रयोगकर्ताहरू बढ्दै गइरहेका छन् ।
प्रिमियम एसयूभी सवारी रोज्नेहरूका लागि उपयुक्त अप्सन फोर्डको इन्डेभर हुन सक्छ । यो अमेरिकी ब्रान्डको गाडी हो । फोर्डको इन्डेभर प्रिमियम एसयूभी हो । इन्डेभर जस्तोसुकै बाटोमा पनि सजिलै गुडाउन सकिने जीओ अटोमोबाइल्स थापाथलीका सेल्स एक्जुकेटिभ कुशल श्रेष्ठको भनाइ छ । इन्डेभरमा टरेन म्यानेजमेन्ट सिस्टम रहेको छ । यो सिस्टमले गाडी अफरोडमा जाँदा बाटोको अवस्था हेरेर गाडीले कति पावर जेनेरेट गर्नुपर्ने हो, त्यही अनुसार गाडीले पावर दिनसक्छ । इन्डेभर ३२ सय सीसी इन्जिन क्षमतामा नेपाली बजारमा उपलब्ध रहेको छ, जो डिजेल इन्जिनयुक्त गाडी हो । यो फोर ह्वील ड्राइभ एसयूभी हो ।
नेपाली बजारमा इन्डेभर दुई भेरियन्टमा उपलब्ध रहेका छन् टाइटानियम र ट्रेन्ड । दुवै भेरियन्ट ३२ सय सीसी र डिजेल इन्जिनमै उपलब्ध छन् । इन्डेभर टाइटानियम फुल अप्सन एसयूभी हो, जसमा ७ वटा एयरब्याग रहेको छ । सुरक्षाका दृष्टीले यो गाडी निक्कै सुरक्षित रहेको दाबी कम्पनीको छ । इन्डेभरमा पानारोमिक सनरुफ छ भने सेमीअटो प्यारालल पार्क असिस्ट छ । यसले समानन्तर अवस्थामा गाडी पार्किङ गर्दा सेमीअसिस्ट गर्दछ । यसरी पार्किङ गर्दा सवारी कोरिने वा अन्य गाडीसँग ठोक्किने सम्भावना काम हुन्छ ।
इन्डेभर ७ सिट क्षमताको एसयूभी हो । थर्ड रो सिट बटमबाटै फोल्ड गर्न र सिटिङ बनाउन सकिन्छ । त्यस्तै इन्डेभरमा हिल डिसेन्ट कन्ट्रोल सिस्टम छ, जसले स्पिड लिमिट कन्ट्रोल गर्न सकिन्छ । यो सिस्टम भएको गाडी ओरालो बाटोमा स्पिड लिमिट गरेपछि आफैं स्पिड कन्ट्रोल गर्छ । इन्डेभरमा फ्रन्ट पार्किङ, रेयर पार्किङ सेन्सर वीथ क्यामेरा रहेको छ । त्यस्तै गाडीमा ७ इन्चको डिस्प्ले छ । फोर्ड इन्डेभरमा सिङ्क थ्री सिस्टम छ, जुन टचस्क्रिन सिस्टम हो । यो सिस्टम फोर्ड कम्पनीको आफ्नै सिस्टम हो ।
इन्डेभरमा १० वटा स्पिकर रहेको छ, जसले म्युजिक प्रेमीहरूलाई मोहित पार्छ । सँगै गाडीमा एक्टिभ न्वाइज क्यान्सिलेसन सिस्टम छ । यो सिस्टमले सवारीको इन्जिन, टायरबाट निस्कने आवाजका साथै बाहिरबाट आउने आवाजलाई गाडीभित्र आउन दिँदैन र शान्त बनाउँन मद्दत गर्छ । इन्डेभरमा एन्टिलक ब्रेकिङ सिस्टम (एबीएस) इएसपी, टीसीएस सिस्टम रहेका छन् । इन्डेभरले ४ सय ७० एमएमको टर्क र २ सय पीएसको पावर प्रदान गर्छ ।
इन्डेभर एक करोड रुपैयाँभन्दा बढी मूल्यको गाडी हो । यो गाडी नेपाली बजारमा बैंकर, प्रोजेक्ट, सरकारी कार्यालयहरूले बढी रोज्ने गरेका छन् । पछिल्लो समय यो सेगमेन्टका गाडीको माग बढ्दै गइरहेको बताउँछन् श्रेष्ठ । “प्रिमियम एसयूभी सेगमेन्टमा फोर्डको इन्डेभर नेपाली बजारमा निक्कै लोकप्रिय हुँदै गएको छ,” उनले भने, “अन्य ब्रान्डका यही सेगमेन्टका गाडीको तुलनामा फोर्डको इन्डेभर धेरै विशेषतासहित सस्तो मूल्यमा उपलब्ध भएकाले रोजाइ बढेको हो ।”
भारतबाहेकका मुलुकमा फोर्डको इन्डेभर एभरेस्टको नाममा उत्पादन तथा बिक्री भइरहेको छ । भारतमा भने अन्य कम्पनीले एभरेस्टको पेटेन्ट राइट लिइसकेकाले इन्डेभर नाममा उत्पादन भएको हो । इन्टरनेशनल्ली फोर्डको इन्डेभर प्राडोसँग प्रतिस्पर्धा हुने गाडी हो । इन्डेभरमा टोयोटाको प्राडोमा भन्दा बढी फिचर्सहरू रहेको दाबी कम्पनीको छ । २०१५ मा फोर्डको इन्डेभर नेपाली बजारमा भित्रिएको थियो । सुरुदेखि नै इन्डेभर दुई मोडलमा भित्रिएको हो । नेपाली बजारमा फोर्ड इन्डेभरका मुख्य प्रतिस्पर्धीहरूमा टोयोटाको फर्चुनर र मित्सुविसीको पजेरोस्पोर्टस् हो ।
प्रिमियम एसयूभी सेगमेन्टमा इन्डेभरको उपस्थिति निक्कै बलियो हुँदै गएको जीओ अटोमोबाइल्सका सेल्स एक्जुकेटिभ कुशल श्रेष्ठको भनाइ छ । “प्रिमियम एसयूभीका उपभोक्ताहरू बढ्दै गएसँगै प्रतिस्पर्धा पनि बढ्नु स्वभाविक हो,” श्रेष्ठले भने, “प्रतिस्पर्धा बढेपनि इन्डेभरमा भएको विशेषताका कारण उपभोक्ताको रोजाइमा इन्डेभर नै पर्ने गरेको छ ।” नेपाली बजारमा उपलब्ध हुने इन्डेभर भारतीय प्लान्टमा उत्पादन हुने गरेको छ । नेपाली बजारमा फोर्ड इन्डेभर ट्रेन्डको मूल्य १ करोड २१ लाख र इन्डेभर टाइटानियमको १ करोड ३४ लाख रुपैयाँ रहेको छ ।
उपभोक्ताको सुविधाका लागि कम्पनीले आफ्टर सेल्स सर्भिस र स्पेयर पार्टस् काठमाडौंसहति देशका विभिन्न सहरमा उपलब्ध गराएको छ ।

प्रतिक्रिया दिनुहोस्