डब्लूएचओले चीनमा ध्यान केन्द्रीत ग-यो, हामी फन्ड रोक्छौःट्रम्प

वासिङटन-अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले कोरोनाभाइरस बिरुद्धको लडाईमा विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) को आलोचना गरेका छन् । संगठनले चीनप्रति बढी ध्यान दिएको आरोप लगाएका छन् ।
ट्रम्पले भने,“विश्व स्वास्थ्य संगठनलाई अमेरिकाबाट ठूलो मात्रामा पैसा प्राप्त हुदै आएको छ । जब मैले चीनको भ्रमणमाथि प्रतिबन्ध लगाउने कुरा गरे, संगठन असहमत थियो र संगठनले मेरो आलोचना ग-यो । संगठन धेरै कुरामा गलत थियो । यस्तो लागिरहेको छ कि संगठनले चीनमा बढी ध्यान दिएको छ । हामी डब्लूएचओमा गरिने खर्चमा रोक लगाउछौ ।”
आपूm संगठनमा ठूलो रोक लगाउन गइरहेको पत्रकार सम्मेलनको अवसरम उनले बताए । संयुक्त राष्ट्र संघीय यो एजेन्सीमा अमेरिका ठूलो सहयोगको स्रोत रहदै आएको छ । अमेरिका फस्र्ट नारा दिँदै आएका ट्रम्पले भने,“हामी डब्लूएचओमा खर्च गर्ने धनमा रोक लगाउन गइरहेका छौ ।” ट्रम्पले यो भन्दा पहिले पनि संयुक्त राष्ट्र संघका अनुसार काम गर्ने एजेन्सीलाई निशाना बनाएका थिए ।
तर डब्लूएचओका लागि गरिने कति पैसा रोक्न लागेको भन्ने विषयमा पत्रकार सम्मेलनको अवसरमा उनले केही पनि बताएनन् । ट्रम्पले भने,“म यो भनिरहेको छैन कि यो गर्न गइरहेको छु ।” उनले भने,“हामी सहयोग समाप्त गर्ने विषयम विचार गरिरहेका छौ ।” उनका अनुसार संगठन चीनप्रति झुकाव राख्न थालेको छ र यो सही होइन ।
कोरोनाभाइरस फैलनबाट रोक्नका लागि चीनबाट आउने विमानमा रोक लगाउने जिकिर गर्दै ट्रम्पले सोधेका छन्,“यस किसिमको दोषपूर्ण सिफारिस किन गरिएको ।”