झिँ–पाखापानी सडक विस्तार तीब्र «

झिँ–पाखापानी सडक विस्तार तीब्र

झिँ–पाखापानी सडक विस्तार तीब्र झिँ–पाखापानी सडक विस्तार तीब्र सन्तोष गौतमम्याग्दी, २८ फागुन
म्याग्दीको रघुगंगा गाउँपालिकाको झि–पाखापानी सडकलाई दुइ लेनको बनाइने भएको छ छ । रघुगंगा गाउँपालिकाले बेनपा १० पात्लेखेतको सिमानादेखि वडा न. ५ झिँ हुदै ६ नम्बर वडा पाखापानी जोड्ने सडकलाई १० मिटर फराकिलो बनाउन आयोजना सञ्चालन गरेको हो । झिँ र पाखापानी खण्डमा दुईवटा प्याकेजमा छुट्टा छुट्टै आयोजना मार्फत सडक विस्तारको काम भैरहेको रघुगंगा गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताए । हाल यो सडक तीनदेखि साढेतीन मिटर फराकिलो छ । झि खण्डको पाँच किलोमिटर सडक स्तरोन्नतीका लागि गाउँपालिकाले ३१ लाख ८५ हजार रुपैयाँ विनियोजन गरिएको छ । ३५ लाख ४० हजार कुल लागत अनुमान गरिएको आयोजनाको बिस प्रतिशत तिन लाख ५५ हजार ४ सय रुपैयाँ बराबरको काम उपभोक्ताले श्रमदानमार्फत गरिरहेका छन् । पहिलो चरणमा डोजर प्रयोग गरेर फराकिलो र नाली बनाइएको सडकमा उपभोक्ताले श्रमदान गरेर सोलीङ, कजवे, ग्यावियन र रिटेनीङ वाल लगाउने काम गरिरहेका उपभोक्ता समितिका अध्यक्ष गोविन्द पाईजाले बताए । झिँ गाउँभन्दा तल एक किलोमिटर भन्दा बढी नयाँ ट्याक खोलिएको छ । सडक विस्तार गर्दा बस्तीलाई असर पर्ने भएपछि गाउँ तलबाट नयाँ ट्र्याक खोलिएको अध्यक्ष पाइजाले बताए । उनका अनुसार साविकका वडाका प्रत्येक घरधुरीलाई एक, एक दिनका लागि श्रमदानमा सहभागी बनाइएको छ । पाखापानी खण्डको सडक विस्तारको काम पनी तिब्र रुपमा भइरहेको छ । झिँको सिमाना फुलडाँडादेखि झिगरुक, हुनचेन, पाखापानी, कमनाथ हुदै ठोकलाखोला सम्मको चार किलोमिटर १७५ मिटर सडक पहिलो चरणमा डोजर लगाएर फराकीलो बनाइएको छ । कुनातर्फ कच्ची नाली बनाइएको छ ।योजनाका लागि गाउँपालिकाले चालीस लाख बिनियोजन गरेको वडा अध्यक्ष मनकुमार शेरपुञ्जाले बताए । श्रमश्रमदान र मजदुर परिचालन गरेर ग्याबियन पर्खाल, कजवे, पक्कि नाली, रिटेनीङ वालको काम गरिने वडा अध्यक्ष शेरपुञ्जाले बताए । ठोकलाखोलादेखि ठाडाखानी जोड्ने सडक मर्मत, ट्र्याक खन्ने र घुम्ती सुधारका लागि गाउँपालिकाले थप एघार लाख बिनियोजन गरेको छ । रघुगंगा गाउँपालिकाले आफ्नो क्षेत्रको सडक फराकीलो बनाएपछि बेनपाले पनी पात्लेखेत क्षेत्रमा सडक विस्तारको तयारी गरेको छ । बेनपा ९ तोरीपानीको अलवाङ सम्मको सडक ड्रिलीप आयोजना मार्फत स्तरोन्नती गरिएको थियो । वि.स २०६६ मा पाखापानीमा पुगेको सडक तिन देखि साढे तिन मिटर फराकीलो थियो । सडक फराकीलो र स्तरोन्नती भएपछि हाल दुई देखि तिन घण्टाको यात्राअवधि डेढ घण्टामा छोटिने, यात्रा सहज हुने र सवारी तथा ढुवानी भाडादर घट्ने अपेक्षा गरिएको छ । 
 

प्रतिक्रिया दिनुहोस्