खानेपानी सम्बन्धि उपभोक्ताको जनगुनासो फोनबाटै «

खानेपानी सम्बन्धि उपभोक्ताको जनगुनासो फोनबाटै

सरकारले खानेपानी सम्बन्धि गुनासो सम्बोधन गर्न उपभोक्ताले फोनबाट पानी आए नआएको तथा अन्य गुनासोहरु गर्न पाउने व्यवस्था गरेको छ । कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनसँगै खानेपानी कार्यालयमा आएर गुनासो गर्न असम्भव भएपछि फोनबाटै उपत्यकाबासी उपभोक्ताको गुनासो सुन्ने र सम्बोधन गरिने भएको हो । सरकारले खानेपानी सम्बन्धि गुनासो सम्बोधन गर्न उपभोक्ताले फोनबाट पानी आए नआएको तथा अन्य गुनासोहरु गर्न पाउने व्यवस्था गरेको छ ।
कोरोना भाइरसको संक्रमण फैलिन नदिन सरकारले गरेको लकडाउनसँगै खानेपानी कार्यालयमा आएर गुनासो गर्न असम्भव भएपछि फोनबाटै उपत्यकाबासी उपभोक्ताको गुनासो सुन्ने र सम्बोधन गरिने भएको हो । काठमाडौं उपत्यका खानेपानी लिमिटेड अत्यावश्यक सेवा (खाने पानी वितरण, ट्यांकर एवं ढल सञ्चालन सेवा) सम्बन्धि कुनै पनि समस्या उत्पन्न भए नजिकको शाखामा सम्पर्क गर्न सकिने व्यवस्था गरेको छ । केयुकेएलका कार्यकारी प्रमुख मिलन शाक्यले खानेपानी उपभोक्ताहरु खानेपानी सम्बन्धि गुनासो भएमा कार्यालय नै आउने गरेको र अहिले लकडाउनका कारण गुनासो सम्बोधन गर्न फोनबाट नै उपभोक्ताले गुनासो सुनाउन पाउने व्यवस्था गरिएको बताए ।
“घरमा पानी नआउने, कतै लिक भएर पानी खेर जान, ट्यांकरको पानी आवश्यक पर्ने लगायतका विभिन्न समस्याहरु आइपर्न सक्छ, तर पछिल्लो समय लकडाउनसँगै फोनबाट उपभोक्ताको गुनासो बढ्न थालेको छ,” उनले भने, “हात धुन सफा गर्न बढि पानी आवश्यक हुन्छ, पठाईदिनुप-यो भन्ने जस्ता गुनासाहरु गर्नुहुन्छ, तर पानीको स्रोत सुक्दै गएकाले पनि हामीले उहाँहरुको गुनासोलाई सम्बोधन गर्न सकिरहेका छैनौं । ”शाक्यका अनुसार कम्पनीले सञ्चालन गर्दै आइरहेका खानेपानी उत्पादन, प्रशोधन एवं वितरण, ट्यांकर एवं ढल सञ्चालन सेवाहरु सुचारु रहने र सम्भावित संक्रमणको जोखिमलाई न्युनिकरण गर्न अन्य सेवाहरु चैत ११ देखि २०७७ बैशाख १० सम्म स्थगन रहने छ । “उक्त अवधिको महसुलमा लाग्ने जरिवना नलिइने निर्णय गरेका छौ, ।” उनले भने ।  

 

खानेपानीको गुनासो भए सम्पर्क व्याक्तिको विवरण

दामोदर गुरागाई बानेश्वर ९८४९७३७३२३२
चेत बहादुर ऐर भक्तपुर शाखा ९८५२१०७३२६
रामचन्द्र थापा क्षेत्रपाटी ९८४१०४४४०८
रामकृष्ण थापा कीर्तिपुर ९८४१३७६६३३
बिजय विश्वकर्मा ललितपुर ९८१३७३५५५३
हेम बुढाथोकी महांकालचौर ९८४३७७७४३५
हरि रिमाल मध्यपुर ठिमी ९८४४०५४७३
महाराजगञ्ज शाखा मुकुन्द भण्डारी
माधव पाण्डे
बुद्धराम महर्जन
९८५१०४९३४७
९८५१०७६७६३
९८४१३३०३७७
त्रिपुरेश्वर शाखा कृष्ण शाह ९८४४३८६११३
ढल महाशाखा अनिल बज्रचार्य ९८४११९३७५९
पानी तथा ढल गुणस्तर महाशाखा अच्युत खनाल ९८६०४२३०५०
इलेक्ट्रो मेकानिकल शाखा अमृत महर्जन ९८४१५१३२२१
ट्यांकर शाखा नारायणदत्त भट्ट
राम सुवेदी ९७४१००५२५९
९७४१२३२१८३

 स्रोत – केयुकेयल 

प्रतिक्रिया दिनुहोस्