खोजी गरिएका १५ नयाँ ग्रह मध्ये १ मा पानी «

खोजी गरिएका १५ नयाँ ग्रह मध्ये १ मा पानी

टोकियो-जापानका वैज्ञानिकहरुले १५ नयाँ ग्रहको खोजी गरेका छन् । यो मध्ये एक सुपर अर्थमा पानी पनि हुन सक्ने बताइएको छ ।
सौर्य मण्डलको बाहिर खोजिएका यी ग्रहले एक्सोप्लानेट रातो रङको तारालाई चक्कर लगाइरहेका छन् । रातो तारा आकारमा अपेक्षाकृत सातो र चिसो हुने गरेको छ ।जापानस्थित टोकियो इन्सटिच्यूट अफ टेक्नोलोजीका वैज्ञानिकले यो सोधका लागि नासाको केपलर अन्तरिक्ष यानको दोस्रो मिसन ‘के–२’ हवाईस्थित सुबारु टेलिस्काप तथा स्पेनमा रहेको नर्डिक अप्टिकल टेलिस्कोपले उपलव्ध गराएको आंकडाको अध्ययन गरेको थियो ।
शोधकर्ता टेरुयुकी हिरानोले भनेका छन्,“रातो तााको अध्ययनबाट भविष्यमा एक्सोप्लानेटसँग सम्बन्धित रोचक जानकारी मिल्न सक्छ । यसको अध्ययनबाट ग्रहको विकास सम्बन्धि कतिपय रहस्य उजागर हुन सक्छ ।” यो शोधमा यस्ता तीन ग्रहको खोजी गरिएको छ, जसलाई सुपर अर्थ भनिदै आएको छ । यो ग्रह पृथ्वी भन्दा २०० प्रकाश वर्षको दुरीम रहेको छ । यो ग्रहले २–१५५ ताराको चक्कर लगाइरहेको छ । यी तीन ग्रह आकारमा पनि पृथ्वी भन्दा ठूला छन् ।यो ताराको चक्कर लगाइरहेको सबैभन्दा बाहिरी ग्रह के २–१५५ डी मा पानी हुन सक्ने वैज्ञानिकहरुले बताएका छन् । यसको पुष्टिका लागि के २–१५५ को आकार र तापमानको सटिक अनुमान लगाउन आवाश्यक छ । यसै खोजको बीचमा अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले अप्रिलमा ट्रान्जिटिङ एक्सोप्लानेट सर्भे स्याटलाइट लन्च गर्न गइरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्