केएल दुगड समूहद्वारा कोहलपुरमा खाद्यान्न सामग्री वितरण «

केएल दुगड समूहद्वारा कोहलपुरमा खाद्यान्न सामग्री वितरण

केएल दुगड समूहले बाँके जिल्लाको कोहलपुर नपा–७, १४ तथा १५ मा ४ सय परिवारलाई, चामल १० केजी, चक्की आटा २ केजी, दाल १ केजी, चना १ केजी र धारा तोरीको तेल १ लिटर गरी कुल १५ केजीको फेमिलीप्याक उपरोक्त वार्डहरूमा बसोबास गर्ने गरिब, असहाय, अपाङ्गहरूलाई वार्ड अफिसको समन्वयमा वितरण गरिएको कम्पनीले जनाएको छ ।
उक्त खाद्य सामग्री वितरणमा वितरण गरिएको वडाका वडा अध्यक्षहरूको पनि उपस्थिति थियो । कोरोना महामारीले गर्दा कोही पनि परिवार भोकभोकै बस्न नपरोस् भन्ने हिसाबमा खास गरी दैनिक ज्यालादारी गरी जीवन गुजारा गर्ने, असहाय, गरिब परिवारहरूलाई वडा कार्यालयले पहिचान गरेका तथा समान्वयमा खाद्य सामग्री वितरण गरिएको कुरा केएल दुगड समूहका प्रदीप छाजेडले बताए । उक्त समूहले कुनै विपत्ति, अप्ठेरो, महामारी पर्ने बित्तिकै त्यस्ता दैनिक रूपमा जीवन चलाउन अप्ठेरो हुने वर्गहरूलाई सधंै सहयोग गर्दै आइरहेको र भविष्यमा पनि गरिरहने कुरा व्यक्त गरे ।

प्रतिक्रिया दिनुहोस्