मंगल ग्रहमा बिरुवा उमार्नका लागि बीउ रोपिने

टेस्ला र स्पेस एक्सका संस्थापक इलोन मस्कले आगामी वर्षको सुरुमा मंगल ग्रहमा अन्तरिक्ष सवारी पठाउने आफ्नो तयारी रहेको बताएका छन् ।
निजी लगानीको यो योजना २०१७ को सेप्टेम्बरमा घोषणा गरिएको थियो । यसले २०२२ सम्ममा लाल ग्रहमा कार्गो मिसन पठाउने लक्ष्य निर्धारण गरेको छ । स्पेस एक्सको अन्तिम उद्देश्य भनेको मानव वस्ती बसाउनका लागि बिरुवा उमार्नका लागि बीउ रोप्ने रहेको छ । मस्कले आइतबार टेक्सासको अस्टिनमा आईतबार भएको वार्षिक प्रविधि र सांस्कृतिक मेलाको प्रस्न–उत्तर कार्यक्रममा यस्तो बताएका हुन् । उक्त अवसरमा उनले आफूले पहिलो मंगल तथा अन्तर ग्रहको जहाज बनाइरहेको बताए । यो आगामी वर्षको पहिलो अर्धवार्षिक अवधिमा छोटो यात्रा तथा उडानका लागि तयार हुने उनले बताए ।
स्पेस एक्सको बीएफआर रकेट प्रणालीको अन्तर ग्रहको यात्राको क्षमता हुने अपेक्षा गरिएको छ । यो पूर्ण रुपमा पुनः प्रयोग पनि गर्न सकिन्छ । यसको उडानको खर्च सुरुको फाल्न १ उडान भन्दा पनि सस्तो हुनेछ । मस्कले यसको खर्च ५० लाख देखि ६० लाख डलरको हाराहारीमा हुने बताएका छन् ।
यदी बीएफआरको लन्च भयो भने अन्य मानिसहरुले मंगल ग्रहको यात्रा सम्भवन हुने विश्वास लिने अपेक्षा उनको छ ।“सामान्य समर्थन, प्रोत्साहन र सद्भाव ठूलो सहयोगी हुनेछ,”मस्कले बताए ।तत्कालिन अवस्थामा मंगल ग्रहका लागि सीसाको डोम्स, उर्जा स्टेसन र आधारभूत जिविकोपार्जनको ज्ञान भएका अन्तरिक्ष यात्रीको आवश्यकता पर्नेतर्फ उनले सावधान गराए । पूर्वाधार पुरा भएपछि व्यवसायको अवसर सुरु हनेछ । किनभने मंगल ग्रहका लागि फलामदेखि लिएर पिजाको समेत आवश्यकता पर्छ ।