कोभिड–१९ का कारण विश्वमा मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो «

कोभिड–१९ का कारण विश्वमा मृत्यु हुनेको संख्या ६४ हजार नाघ्यो

वासिङटन-कोरोनाभाइरसका कारण विश्वमा मृत्यु हुने मानिसको संख्या ६४ हजार नाघेको छ । यसका कारण अमेरिकामा मात्रै एकै दिन एक हजार ४८ जनाको मृत्यु भएको छ । अमेरिकामा मृत्यु हुनेको संख्या ८ हजार चार सय ५२ पुगेको छ । त्यस्तै यहाँ ३ लाख ८ हजार ५ सय ३३ जनामा कोरोना संक्रमण देखिएको छ । आइतबार बिहानसम्मको तथ्यांक अनुसार अमेरिकापछि स्पेनमा संक्रमणदर उच्च देखिएको छ । स्पेनमा १ लाख २६ हजार १ सय ६८ मा कोरोना संक्रमण पुष्टि भएको छ । इटालीमा १ लाख २४ हजार ६ सय ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कोरोना भाइरस (कोभिड–१९) बाट ज्यान गुमाउनेको संख्या ६४ हजार ६ सय ६ पुगेको छ । १२ लाख भन्दा बढी मानिस कोरोना भाइरसबाट संक्रमित भएका छन् । त्यस्तै, २ लाख ४६ हजार १ सय ८ जना उपचारपछि निको भएका छन् । यसबाट सर्वाधिक मृत्यु हुने मानिसको संख्या इटालीमा बढी रहेको छ । यो मुलुकमा १५,३६२ रहेको छ । यसपछि स्पेन र अमेरिका रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्