कोभिड–१९ र अमेरिकाको यो हालत ! «

कोभिड–१९ र अमेरिकाको यो हालत !

हाल विश्वभरि महामारीको रूपमा फैलिएको महामारी (कोभिड–१९) को संक्रामक भाइरसले अमेरिकालाई फस्र्ट ! बनाएको छ । यो भाइरस सुरुमा चीनको दक्षिण–पूर्वी प्रान्त हुपेईको राजधानी वुहानबाट सन् २०१९ को डिसेम्बर अन्तिमतिर फैलिएको हो । सो भाइरसलाई सुरुमा ‘नोबेल कोरोनाभाइरस डिजिज–२०१९’ नाम दिईएको थियो । तर, अहिले प्रायः सबै देशले कोभिड–२०१९ भनेर चिन्ने गरेको छ । यो भाइरसले हालसम्म २०३ देशलाई गाँजेको छ भने, संयुक्त राष्ट्रसंघअन्तर्गत रहेको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले (कोभिड–१९) लाई विश्वभरि फैलिएको महामारी (प्यान्डेमिक) भनी घोषण गरेको छ ।
चीनबाट फैलिन सुरु भएको (कोभिड–१९) नामक संक्रामक रोगले सरुमा चीनमा मात्रै धेरै असर गरेको थियो । तर, विस्तारै यो महामारी फैलिएर विश्वको लगभग सबै देशमा फैलिएको अवस्था छ भने, विश्वका लगभग ९ लाख ३७ हजार १०० भन्दा बढी मानिसलाई बिरामी बनाएको छ । त्यस्तै विश्वका विभिन्न देशका ४७ हजार ३०० हाराहारी मान्छेहरूले आफ्नो अमूल्य ज्यान गुमाएका छन् । साथै लगभग १ लाख ९५ हजार मान्छेहरू यो महामारीको उपचार गराएर र, पूर्ण रूपमा निको भएर घर फर्केका छन् । यो तथ्यांक सन् २०२०, अप्रिल २, ग्रिनविच मिन टाइम (जिएमटी) ०७ः२४ बजे सम्मको हो ।
सुरुमा चीनमा मात्रै (कोभिड–१९) को संक्रमण देखा पर्दा केही देशहरूले खुच्चिङ भने भैmँ गरेका थिए । तर, आज तिनै देशहरूलाई समेत (कोभिड–१९) को संक्रमणको भाइरसले बढी ग्रस्त बनाएको छ । उनीहरूकै देशको जनधनको बढी क्षति गराएको छ । जस्तो अमेरिकालाई नै हेरौं । (कोभिड–१९) को संक्रमणलाई सुरुमा अमेरिकाले केही होइन, आफै सबै ठीकठाक हुँदै जान्छ ! भनेभैmँं गरेर बस्यो । अझ राष्ट्रपति ट्रम्पले त यसबारेमा प्रश्न गर्ने केही अमेरिकी पत्रकारहरू र अमेरिकाको नीति निर्माण तहमा बसेका वरिष्ठ कर्मचारीहरूलाई नै हप्काएका थिए । यसरी हेर्दा अरुलाई खाने बाघले आपूmलाई पनि खान सक्छ भन्ने हेक्का नराख्दा अहिले आएर अमेरिकाले (कोभिड–१९) भाइरसका कारण धनजनको धेरै ठूलो क्षति व्यहोर्दैछ । जस्तो कि आजका मितिसिम्म अमेरिकामा २ लाख १५ हजार ३०० भन्दा बढी मानिसहरू प्रभावित भएका छन् भने इटली १३ हजार १५५ र स्पेन ९ हजार ३८७ पछि बिरामीको मृत्यु हुने देशमा पनि अमेरिका तेस्रो भइसकेको छ । अमेरिकामा आजको मितिसम्म ५ हजार ११२ जनाले ज्यान गुमाएका छन् । तथ्यांक स्रोत वोल्र्डोमिटर । जबकि आजभन्दा ८÷९ दिन अघिसम्म इटलीपछिको दोस्रो बढी प्रभावित देशको रूपमा थियो, अमेरिका ।
यसरी हेर्दा (कोभिड–१९) को संका्रमक भाइरसकोे महामारीले विस्तारै अमेरिकालाई पनि गाँज्न सक्छ, सावधान ! भनी चेतावनी दिने चीन र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को चेतावनीलाई मनन् गर्दै सुरुमै सचेतता र सजगता अपनाएको भए हाल आएर यो स्तरमा धनजनको क्षति व्यहोर्नुपर्ने थिएन । तर, उल्टै राष्ट्रपति डोनाल्ड ट्रम्प र उनका समर्थन गर्ने ‘फक्स न्युज !’ लगायत केही अमेरिकी मिडियाहरूले नै (कोभिड–१९) को संका्रमक भाइरसले अमेरिकालाई पनि नराम्रोसँग गाँज्न सक्छ, सावधान रहौ, होसियार गरौंं ! भनी चेतावनी वा भनौं सुझाव दिने अमेरिकी मिडिया तथा नीति निर्माण तहमा रहेका वरिष्ठ कर्मचारीहरूलाई उल्टै खिसी–टिउरी मात्रै गरेनन् हप्काउन समेत पछि परेनन् । कतिसम्म भने यसरी चेतावनी वा भनौं सुझाव दिने आप्mनै देशका डाक्टर लगायत विशेषज्ञहरूलाई समेत अमेरिका विरोधी वा भनौं राष्ट्रपति ट्रम्पको विरोधीको बिल्ला भिराउनेतर्पm अग्रसर भएका थिए । को संका्रमक भाइरसका कारण बिरामी हुने देशमा अमेरिका फस्र्ट अर्थात् पहिलो भएको छ ।
तर, हेरौं त आज ! विश्वको ‘सुपरमेसी म मात्रै हुँ, अरु कोही छैन !’ भन्ने अमेरिकाको घमण्डलाई एउटा अदृश्य र सामान्य लाग्ने भाइरसले तोडेको … । संवभतः अबको केही दिन वा केही हप्तापछि (कोभिड–१९) को संक्रामक भाइरसका कारण मानवीय क्षति व्यहोर्ने (बिरामी मर्ने) देशमा पनि अमेरिका नै फस्र्ट ! अर्थात् पहिलो हुने अवस्था आउन सक्छ । किनभने, गत मार्च ३ मै अमेरिकाका एक जना भाइरल रोग विज्ञ डाक्टर (एन्थोनी फाउच) ले (कोभिड–१९) को संक्रमणबाट अमेरिकामा १ देखि २ लाख जनाको ज्यान जान सक्ने र ९ देखि १० लाख अमेरिकीहरू प्रभावित वा बिरामी हुन सक्ने बताई सकेका थिए ।
 

–निनाम कुलुङ ‘मंगले’

 

प्रतिक्रिया दिनुहोस्