नेपालद्वारा हङकङ ५ विकेटले पराजित «

नेपालद्वारा हङकङ ५ विकेटले पराजित

आईसीसी विश्वकप छनोट क्रिकेटको समूह चरणको अन्तिम खेलमा सोमबार नेपालले हङकङलाई ५ विकेटले पराजित गरेको छ । नेपालका लागि रोहितकुमार पौडेल र सोमपाल कामीले उत्कृष्ट प्रदर्शन गर्दै जित दिलाएका हुन् ।
हङकङमाथि जित हात पारेसँगै नेपाल समूह बी को चौथो हुँदै प्लेअफमा पुगेको छ । तर, सुपर सिक्समा भने नेपाल पुग्न असफल भएको छ । नेपालले हङकङलाई पराजित गरेसँगै अफगानिस्तान भने सुपर सिक्समा पुगेको छ ।
हङकङले दिएको १५४ रनको चुनौती ४०.४ ओभरमा ५ विकेटको क्षतिमा नेपालले पूरा ग¥यो । नेपालका लागि रोहित कुमार पौडेल र सोमपाल कामीले ८९ रनको पाटनरसिप खेल्दै जित दिलाएका हुन् । रोहितले अविजित ४८ रन बनाए भने सोमपालले अविजित ३७ रन बनाए ।
नेपालका लागि अन्य खेलाडी अनिलकुमार शाहले २६, ज्ञानेन्द्र मल्ल र दीपेन्द्रसिंह ऐरीले समान १२–१२ रन बनाए भने कप्तान पारस खड्का ११ रनमा आउट भएका थिए ।
हङकङले जिम्बावेको बुलावायो एथ्लेटिक क्लबको मैदानमा टस जितेर ब्याटिङ गर्दै ४८.२ ओभरमा सबै विकेटको क्षतिमा १५३ रन बनाएपछि नेपालले सामान्य चुनौति पाएको थियो । हङकङका लागि निजकट खानलले ४७ बनाए । त्यस्तै, इशान खानले २५, कप्तान बाबर हायतले २०, इशान नवाजले १४ र तानविर अजवलले १० रन बनाए । हङकङका अन्य खेलाडीले राम्रो रन बनाउन सकेनन् ।

प्रतिक्रिया दिनुहोस्