नेपालमा एकै दिन ३ जना संक्रमित थपिए «

नेपालमा एकै दिन ३ जना संक्रमित थपिए

नेपालमा थप ३ जनामा कोरोना संक्रमण फेला परेको छ । यसअघि संक्रमितको संख्या ६ पुगेको थियो । हालसम्म नेपालमा काेराेना संक्रमितकाे संख्या ९ पुगेकाे छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार भारतको मुम्बईबाट फर्किएका कैलालीका २१ वर्षीय पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टी भएको हो । यस्तै, भारतको उत्तराखण्डबाट फर्किएका कन्चनपुरका ४१ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण फेला परेको छ भने कैलालीकी ३४ वर्षीय महिलामा पनि कोरोना संक्रमण फेला परेको छ । उनी कैलालीकै कोरोना संक्रमित पुरुषकी आफन्त हुन् । कैलालीकी ३४ वर्षीय महिलामा कोरोनो संक्रमण देखिएसँगै नेपालमा पहिलो पटक एक व्यक्तिबाट अर्काे व्यक्तिमा कोरोना संक्रमण भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्