विमान दुर्घटनापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल «

विमान दुर्घटनापछि खुल्यो त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल

यूएस बङ्लाको जहाज दुर्घटना भएपछि दिउसो २ः१८ बजेबाट बन्द रहेको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थल साढे २ घन्टापछि पुन सुचारु भएको छ ।
अपरान्ह ४ः५० बजेदेखि बिमानस्थल खुलेको नेपाल नागरिक उड्ययन प्राधिकरणले जानकारी दिएको छ ।
दिउसोदेखि बिमानस्थलको बाहिर रोकेर राखिएका यात्रुहरुलाई चेकिङ गर्दै भित्र प्रवेस गराउन थालिएको छ ।
सोमबार दिउसो दुर्घटना भएको एयर बङ्लाको जहाजमा चालक दलका सदस्य र यात्रु गरी जम्मा ७१ जना सवार थिए । जसमध्ये ३७ जना महिला र ४ जना बालबालिका भएको त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलले जनाएको छ ।
बिमानस्थलका अनुसार सवार यात्रुमध्ये ३३ जना नेपाली र ३८ जना विदेशी सवार थिए ।
बंगलादेशको ढाकाबाट आएको उडान नम्बर युबिजी-२११ अबतरण गर्ने क्रममा रन वे मा चिप्लिएर दिउसो २ः२० बजे दुर्घटना भएको थियो । दुर्घटनामा परेका करिब एक दर्जनको मृत्यु भइसकेको छ ।
त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलका महानिर्देशक राजकुमार क्षेत्रीले चालकले बिमानस्थलको नियम नमान्दा एयर बङ्लाको जहाज दुर्घटना भएको बताएका छन् ।
बिमानस्थलका पत्रकारहरुलाई जानकारी दिँदै महानिर्देशक क्षेत्रीले पाइलटले गतल बाटोबाट जहाज अवतरण गर्न खोजेकाले दुर्घटना भएको बताए ।
यसरी बिमानस्थल वरपर ३/४ फन्का घुमाएपछि उत्तरपट्टिको धानवमार्गमा जहाज अवतरण गर्न खोज्दा धावनमार्गमा नपरी चौरमा पर्न गएको र दुर्घटना भएको अनुमान गरिएको छ ।
जहाजमा खराबी भएका कारण पाइलटले नियन्त्रण गर्न खोज्दा खोज्दै जहाज नियन्त्रण बाहिर गएको हुनसक्ने अनुमान गरिएको छ ।
दुर्घटनाको निरीक्षण गर्न प्रधानमन्त्री केपी शर्मा ओली एयरपोर्ट पुगेका थिए ।
यसैबिच, यूएस बंगलाको विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४६ पुगेको छ । घाइतेहरुको केएमसी, नर्भिक लगायतका अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्