यूएस बङ्लाको विमान दुर्घटना «

यूएस बङ्लाको विमान दुर्घटना

त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा अवतरणको क्रममा यूएस बङ्लाको विमान दुर्घटना भएको छ । विमानस्थलमा अवतरणको क्रममा विमान रनवेबाट बाहिर गएर दुर्घटना भएको जनाइएको छ ।
ढाकाबाट आएको विमान दिउँसो २ बजेर २० मिनेट जाँदा अवतरणको क्रममा रनवे बाहिर पुगेर दुर्घटना भएको हो। प्रत्यक्षदर्शीले जनाएअनुसार विमानमा आगोलाग्न सुरु भएको छ । तर, आगो निभाउन सकिएको छैन ।
दुर्घटनाको पूर्ण विवरण आउन बाँकी छ।
त्रिभुवन विमानस्थलमा अवतरणका क्रममा दुर्घटनाग्रस्त भएको विमानमा रहेका सात जनाको उद्दार गरिएको छ । उनीहरुलाई अस्पताल पठाइएको छ ।

प्रतिक्रिया दिनुहोस्