विद्यार्थीलाई ५ सय अमेरिकी डलर पठाउन सकिने «

विद्यार्थीलाई ५ सय अमेरिकी डलर पठाउन सकिने

विदेशमा रहेका नेपाली विद्यार्थीलाई नेपालस्थित अभिभावकले अब ५ सय अमेरिकी डलरसम्म पठाउन सक्ने भएका छन् । नेपाल राष्ट्र बैंकले कोरोनाका कारण विश्वभरी छरिएर रहेका नेपाली विद्यार्थीलाई दैनिक जिवन सहज होस भन्दै यस्तो व्यवस्था गरेको हो ।
नेपाल राष्ट्र बैंकले बुधबार निर्देशन जारी गर्दै ‘नो अब्जेक्सन सटिर्फिकेट’ (एनओसी) बिना पनि विद्यार्थीलाई पनि प्रतिव्यक्ति ५ सय अमेरिकी डलरसम्म रकम पठाउन पाउने व्यवस्था गरेको हो । यसअघि केन्द्रीय बैंकले साइप्रसमा रहेका नेपाली विद्यार्थीका लागि यस्तो व्यवस्था गरिसकेको थियो । तर, कोरोना भाइरसको संक्रमण विश्वव्यापी भएसँगै नेपाली विद्यार्थीबाट आएको गुनासो अनुसार सबै देशमा रहेका नेपाली विद्याथीका लागि नो अब्जेक्सन लेटर बिना नै यस्तो सुविधार दिने भएको हो ।
प्रतिविद्यार्थी अभिभावकले १ पटक मात्रै बढीमा ५ सय अमेरिकी डलर पठाउन सक्ने राष्ट्र बैंकले जनाएको छ । अब अभिभावकले विदेशमा अध्ययरत विद्यार्थीलाई नो अब्जेक्सन लेटर नभएपनि ५ सय अमेरिकी डलरसम्म विदेशी मुद्रा सटहीको सुविधा भएको बैंक वित्तीय संस्थाबाट रकम सटही गरेर पठाउन सक्नेछन् ।
यसरी रकम पठाउनका लागि पठाइएको रकम प्राप्त गर्ने लाभग्राही विदेशमा रहेको नेपाली विद्यार्थी नै हुनुपर्नेछ । साथै, निर्वाह खर्च वापतको रकम पठाउँदा रकम पाउने व्यक्ति विदेशमा रहेर अध्ययन गरिरहेको खुल्ने कागजसहित बैंक तथा वित्तीय संस्थामा निवेदन राष्ट्र बैंकले जारी निर्देशनमा उल्लेख छ । त्यसैगरी यसरी पठाएको रकम वा यो व्यवस्थाको दुरुपयोग भएको खण्डमा विद्यार्थीका आफन्त जिम्मेवार हुनु पर्ने केन्द्रीय बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्