हिमालय एयरलाइन्स तेस्रो वर्षमा प्रवेश «

हिमालय एयरलाइन्स तेस्रो वर्षमा प्रवेश

नेपालमा निजी क्षेत्रबाट सञ्चालित अन्तर्राष्ट्रिय वायुसेवा हिमालय एयरलाइन्सले स्थापनाको तेस्रोवर्ष पूरा गरेको छ । नेपालीहरूलाई अरू देशहरूसँग जोडेका सन्दर्भमा तेस्रो वार्षिकोत्सव मनाएको हो । विगतका दुई वर्ष हिमालय एयरलाइन्सलाई महत्वपूर्ण उपलब्धिहरूसहित उड्डयन क्षेत्रमा स्थापित र सावित गराउने वर्षका रूपमा रहेको समेत दाबी एयरलाइन्सले गरेको छ ।
हाल हिमालय एयरलाइन्ससँग तीनवटा ए३२० एयरबसका जहाजहरू सञ्चालनमा छन् र दक्षिण एसियाली ट्राभल अवार्ड (साटा) २०१७ मा दक्षिण एसियाको ‘प्रमुख नयाँ अन्तर्राष्ट्रिय वायुसेवा’ जस्तो पहिलो अन्तर्राष्ट्रिय अवार्ड प्राप्तगरको समेत कम्पनीले जनाएको छ ।
उत्सव मनाउने क्रममा मार्चमा यस एयरलाइन्सले सोशल मिडिया क्वीजको सुरुवातसहित दर्शक सहभागिता कार्यक्रमको घोषणा गरिएको छ । जुन फेस बुक, इन्स्टाग्राम र ट्वीटरमा जारी रहनेछ ।
सहभागीहरूलाई एयरलाइन्सको सोसलमिडिया पेजमा सेयर गरिएको लिंकमाक्लिक गरी हिमालय एयरलाइन्सको कुनै पनि गन्तव्यमा राउन्ड ट्रिप टिकट जित्ने मौकामा सामेल हुन आह्वान गरिएको छ ।
नेपाल–चीन संयुक्त लगानीमा अगष्ट २०१४ मा स्थापित हिमालय एयरलाइन्स अन्तर्राष्ट्रिय हवाई सेवा प्रदान गर्ने नेपालमा सञ्चालित निजी क्षेत्रको विमान सेवा हो । हिमालय एयरलाइन्सले आफ्ना तीनवटा ए३२० सिरिजका, मध्यम आकारका बिजनेस क्लासमा ८ र इकोनोमीक्लासमा १५८सिट भएका जहाजहरूमार्फत हाल दोहा, क्वालालम्पुर, दुबई र दमाम गरी चारवटा गन्तव्यमा प्रतिहप्ता २२ वटा उडानहरू सञ्चालन गरेको छ ।

प्रतिक्रिया दिनुहोस्