चेलीबेटी बेचबिखन जटिल समस्या «

चेलीबेटी बेचबिखन जटिल समस्या

एक दशक अगाडिसम्म भारतमा मात्र सीमित रहेको नेपाली चेलीबेटी बेचबिखन अब तेस्रो देशमा पनि सामान्य भइसकेको छ ।

चेलीबेटी बेचबिखन भन्नाले महिला तथा केटीहरूको बेचबिखन भन्ने बुझिन्छ । गरिबी बेरोजगारी तथा असमदायी जीवन व्यतित गर्ने सपनाकै कारण चेलीबेटीहरू बेचिने कार्य हाम्रो देशमा लामो समयदेखि भइराखेको छ । राज्यले यस कार्यलाई नियन्त्रण गर्नका लागि अनेकौ उपायहरूको अवलम्वन गरे पनि अपेक्षित रुपमा चेलीबेटी बेचबिखन लाई रोक्न सकिराखेको छैन ।
यौन चाहना पूरा गर्न सक्ने उमेरका महिलाहरूको बेचबिखन ठूलो समस्याको रुपमा रहेको छ । हजारौको संख्यामा नेपाली चेलीबेटीहरू भारतका विभिन्न सहरहरूमा वेश्यावृत्तिका लागि बेचिन बाध्य भएका छन । पछिल्लो समयमा मानव अंग बेचबिखनका लागि महिलामात्र नभइ पुरुष र वालकहरू वेचिने गरेका छन् । शरीरका महत्वपुर्ण अंग मृगौला, आँखाका नानी जस्ता अंगलाई अवैध ढंगले बेच्ने उद्देश्यका लागि पुरुषहरू पनि बेचिनेक्रम वढेको देखिन्छ ।
मुलत चेलीबेटी बेचबिखनकै सन्दर्भलाई यहाँ चर्चा गर्ने जमर्को गरिएको छ । अशिक्षित तथा सामान्य साक्षर महिलाहरू समेत दलालको झुटो सपना प्रति विश्वास गर्दै बेचिन पुग्छन् । गाँउ घरका अभिभावकले पनि वास्तविकता थाहा नपाई तिनै मानव बेच्ने गिरोहका झुटो कुरालाई पत्याउने बिलासी जीवन व्यतित गर्न पाइन्छ भन्ने आशामा निर्दाेष चेलीहरू बम्बै लगायत विभिन्न सहरमा नारकीय जीवन बिताउन बाध्य भएका छन् । पछिल्लो तथ्याङ्क अनुुसार हरेक वर्ष विभिन्न बहानमा भारतमा मात्र छ देखी आठ हजार महिला बेचिने गरेका छन् । आकर्षक तलब सुविधा होटल तथा लजमा बिलाशी दैनिकी बिताउन पाउने ठुला सपना बाँडेर चेलीबेटीलाई ललाईफकाई विदेशी कोठीहरूमा पु¥याउने गरिएको देखिन्छ । प्राय सवै जिल्लाका चेलीहरू बेचिन पुगेका छन् ।
बिभिन्न सरकारी तथा गैरसरकारी क्षेत्रबाट गरिएका अध्ययनबाट सबैभन्दा बढी संख्यामा चेलीबेटी बेचिने जिल्लाहरूमा सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, मकवानपुर, काभ्रे, गोरखा लगाएतका जिल्लाहरू पर्छन् भने तराईका दाङ, नवलपरासी, कैलाली, धनुषा, महोत्तरी, बाँके आदि छन् । काठमाण्डौ, भक्तपुर र ललित्तपुर पनि यो समस्याबाट अछुतो भने छैन । अपरिचित व्यक्तिहरूले विभिन्न अकर्षण देखाई ललाइफकाई गर्ने आफ्नै नातेदारहरू जस्तै काका, भान्जी दीदी, फुपु लगायतका व्यक्तिले दलालको रुपमा काम गर्दे घुमाऊन तथा तालिम दिने लैजाने बहानामा फकाएर बिक्री गर्ने गरेका घटनाहरू प्रशस्तै भटिएका छन । नक्कली विवाह गरी राम्रो र पर्याप्त तलव सुविधा लिने वाचा गरी वेच्ने गरिन्छन । निशुल्क पदार्थ दिने वाचा गरी वेच्ने गरिन्छन । पदार्थ दिने मिठो खाना राम्रो लगाउन दिने भन्दै प्रलोभनमा पारेर पनि वेचिने गरेका घटनाहरू छन् । उपत्यकाकामा कार्पेट तथा गार्मेन्ट कारखानामा काम गरिरहेका केटीहरूलाई स्थान परिर्वतन गर्ने वाहानमा लागू पदार्थ सेवन गराइ अचेत अवस्थामा सिमाना कटाएर विक्री गर्ने गरिएका पाइन्छ । एक दशक अगाडिसम्म भारतमा मात्र सीमीत भएको नेपाली चेलीबेटी बेचबिखन अव तेस्रो देशमा पनि सामान्य भइसकेको छ । अवैध मार्गवाट अनेकौ वहानामा वेश्यावृत्तिका लागि नै चेलीबेटी वेचिन कुनै पनि दृष्टिकोणले उचित मान्न सकिदैन । कानुनले दण्डित गरेका भए पनि नयाँ तरिका र शैलीमा मानवबेचबिखनका गिरोह संगठित रुपले आफनो कुकर्मको धन्दा चलाई रहेकै छन् । सीमा सुरक्षामा प्रभावकारी जाँच नहुनु कानुनको कार्यान्वयन नहुनु कारवाही फितलो हुनु कारवाही पनि पहुँचको आधारमा गरिनु जस्ता गलत प्रवृत्तिले गर्दा यो समस्या जटिल वन्दै गएको देखिन्छ ।
चेलीबेटी बेचबिखनमा संलग्न अपराधीले राजनीतिक संरक्षण पाइरहने भएकोले पनि महिला तस्करी नियन्त्रण गर्न कठिन भएको हो । बेचिनु पर्ने मूल कारण भनेको गरिवी र वेरोजगारी समस्यालाई हल गर्न नसक्नुले पनि यो सामाजिक समस्या वढ्दै गएको देखिन्छ । कृषिलाई आकर्षित पेशा वनाउनेतर्फ राज्यले प्रभावकारी कदम चल्न नसक्दा र कृषिकार्यलाई अपहेलित पेशा भन्ने गलत मानसिकताले गर्दा वेरोजगारीको संख्या वढ्दै गएको छ । बेचिएका चेलीहरूले रहरले नभई वाध्यताले वेश्यावृत्ति अगालेका हुन्छन् । वेश्यालयमा नपुगी उनीहरू आफु वेचिएको थाहा पनि पाउँदैनन् । थाहा पाएपछि चाहेर पनि त्यहावाट उम्कन सक्दैनन् । जवरजस्ती वेश्यावृत्तिको विकल्प पनि नहुने कोठीमा त्यहाँको मालिकले भनेको नमान्दा झनै कठोर र क्रुरतापुर्ण यातनाको शिकार हुनुपर्छ ।
सन् १९९० पछि नेपाली श्रमिक खाडी देशहरूमा जानेक्रममा महिला पनि घरेलु कामदारका रुपमा जानेक्रमको थालनीले अरबका देशमा वेश्यावृत्तिमा रहन वाध्य वनाइयो । महिला कामदारले वेश्यावृत्तिमा लाग्न विवश वनाइएको घटनाहरूले पछिल्लो समय खाडी राष्ट्र जान महिला कामदारलाई रोक लगाइ पनि संगठित गिरोहले वैकल्पिक मार्ग र देशको प्रयोग गर्दै अझै पनि त्यहाँ नेपाली चेलीहरू भित्र्याउने कार्य रोकिएको छैन् । इजरायलमा पनि महिला कामदारलाई केयर गिभर भनेर पठाइए पनि अधिकाशं महिलाहरूले अनैतिक तथा जोेखिमपुर्ण कार्यमा संलग्न हुनु परेका समाचार आउने गरेका छन् । राज्यले आफना नागरिकलाई सुरक्षित ढंगले व्यवस्थित र कानुनी मान्यताप्रात कार्यमा मात्र रोजगारीमा पठाउनका लागि गभिरता पुर्वक अध्ययन कुटनीतीक प्रयास र श्रमसम्झौता जस्ता पक्षमा ध्यान दिनु पर्ने हुन्छ ।
एकातर्फ प्रहरी प्रशासनबाट चेलीबेटी बेचबिखन गर्ने आपराधिक क्रियाकलापमा संलग्न हुनेलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याउने क्रम बढेको देखिन्छ भने अर्कोेतर्फ नयाँ ढंगले नयाँ मार्गको पहिचान गर्दै भारत लगायत अन्य तेस्रो मुलुकहरू चेलीबेटी पु¥याउनेक्रम पनि उत्तिकै बढेर गएको छ । व्यवस्थित मर्यादित र कानुनी ढंगले रोजगारीका लागी महिला बैदेशिक रोजगारीका लागि जानु पाउने उनीहरूको स्वतन्त्रताको अधिकारलाई कुण्ठित राज्यबाट पनि गरिनु हुँदैन । त्यसैगरी कामदारको रुपमा बिदेश जानुपूर्व ज्यादै गम्भीर भई सुरक्षित स्थान हो होइन बुझेर मात्र जाने र लाने गर्नुपर्छ खुलासिमानाका कारण नेपालबाट भारतमा विनारोकतोक मानिसहरू आवागमन गर्न सक्छ । प्रहरी प्रशासनले निगरानी गर्दा गर्दै पनि कतिपय दलालहरूले चेलीबेटी भारततर्फ सहजै लैजान सक्ने अवस्था छ । वैवाहिक सम्वन्धलाई देखाउने गरिन्छ जुन नक्कली रुपमा गरिएको हुन्छ त्यसैगरी दाजुवहिनी मामाभान्जी काकाभतिजा जस्ता मूल नाता देखाएर समेत वेश्यावूत्तिमा संलग्न गराउने अवस्था पु¥याउने गरेका छन अशिक्षा सामाजिक समस्या आर्थिक अवस्था सौतेनी व्यावहार आदिले गर्दा कतिपय घरपरिवारको वातावरण अनुपयुक्त हुनपुग्छ कतिपय युवतीहरू घरायसी वातावरण खराब भएकै कारण घरछाडेर हिड्न्ने जसलाई दलालहरूले सहजै विदेश पु¥याउने गरेका घटना प्रशस्तै भेटिन्छ केहि महिलाहरू गाउँ छाडेर सहरमा केहि समय विताई पुन गाउँमा जाँदा उनीहरूको रवाफ देखेर पनि अन्य महिलाहरू त्यसप्रति आकषिेत भई सहर आउन लालयित हुन्छ फलस्वरुप बेचिन पुग्छन् । राजनीतिकमा संरक्षण कारण अपराधिक गतीवीधीलाई चाहेर पनि निरुत्साहित गर्न नसक्दा मानवबेचबिखन कार्य न्युन हुनुको साटो वढ्दै गएको देखिन्छ ।
अहिले पनि वेचिएका चेलीबेटीलाई उद्धार र पुर्नस्थापनामा गर्ने सरकारी निकाय लगायत गैरसरकारी संस्थाहरू नभएका होइनन् । माइती नेपाल, एवीसी, साथी जस्ता दर्जनौ संस्थाहरू यस क्षेत्रमा कार्य गरिरहेका पनि छन् । वेला वेलामा उद्धार र पुर्नस्थापना गरिए पनि समस्या घट्नुको वदला वढ्दै गएको छ । कतिपय समुदायका मानिसहरू निरक्षर कम चेतनशील र विस्वास गरिहाल्ने प्रवृत्तिका कारण अपरिचित व्यक्तिसँग उमेर पुगेका चेलीहरूलाई जागिर दिलाइदिन्छु भनेकै भरमा पठाउने गर्छन् । तसर्थ आफ्ना चेलीहरूको सुरक्षार्थ अभिभावक सचेत र चेलीहरू स्वयं जानकार हुनुपर्छ । यता चेलीबेटी बेचबिखन गर्ने विरुद्ध कडा कारबाहीका लागि आवश्यक कानुन निर्माण गरी त्यसको प्रभावकारी कार्यान्वयन गर्नेतर्फ संवेदनशील भएर अगाडि बढ्नुपर्छ तबमात्र यो समस्या न्यून हुन सक्छ ।

 

प्रतिक्रिया दिनुहोस्