राइनो ५००डी फलामे छडद्वारा इटहरी र विराटनगरमा टेक्निकल मिट सम्पन्न

शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टिल्सले नेपाली बजारमा ग्यारेन्टिड लचकता सहितको एफई ५००डी ग्रेड राइनो फलामे छडको निर्माणमा पारंगत हासिल गरेको छ । उत्पादनका बारेमा प्राविधिक ज्ञान दिने सोचका साथ कम्पनीले विभिन्न स्थानमा टेक्निकल मिट (प्राविधिक सम्मेलन) को आयोजना गर्दै आइरहेको कम्पनीले जनाएको छ ।
काठमाडौंको विभिन्न स्थानहरूमा टेक्निकल मिटको समापन गरिसकेको जगदम्बा स्टिल्सले पुनः इटहरी र विराटनगरमा पनि एफई ५००डीमा आधारित राइनो फलामे छडसम्बन्धी आफ्नो टेक्निकल मिटको आयोजना गर्यो । एफई ५००डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथा फस्फोरसको मापदण्डअनुसार अधिकतम ०.०७५ प्रतिशतमात्र सम्मिश्रण गरिएको छ भन्दै कम्पनीले यसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुने जनाएको छ । यसमा उपलब्ध उच्च लचकता र शक्तिका कारण यो छड भूकम्पिय जोखिम तथा सम्भावनायुक्त नेपालकालागि उपयुक्त छ ।
यसले भूकम्पीय जोखिमयुक्त स्थानमा भूकम्प प्रतिरोधात्मक संरचनाको निर्माण गरी जोखिमबाट जोगाउँछ । इटहरीको टेक्निकलमा नेपाल इन्जिनियर्स एसोसिएसनका इं मोहन कार्की र विराटनगरमा टेक्निकल मिटमा इं उमा शंकर शाहको आतिथ्यतामा सम्पन्न भएको हो । राइनो ५००डी फलामे छड ८ एमएमदेखि ३२ एमएम आकारमा नेपालभर छरिएका कम्पनीका बिक्री केन्द्रमार्फत उपलब्ध छन् । उपभोक्ताको आवश्यकता, माग तथा योजनाका अनुसार कम्पनीले ३६ एमएम तथा ४० एमएम आकारमा समेत यसलाई उपलब्ध गराउने गरेको छ । कम्पनीले हरेक छडलाई १२ मिटरको निर्धारित लम्बाइमा उपलब्ध गराउने गरेको छ । यसले निर्माण सामग्री खेर जानबाट जोगाउनुका साथै मापदण्डसमेत पूर्ण गर्न सघाउ मिल्छ । उपभोक्ताले कम्पनीको देशभर रहेका बिक्री केन्द्रमार्फत राइनो ५००डी फलामे छड ८ एमएमदेखि ४० एमएम आकारमा खरिद गर्न सक्छन् ।