नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा «

नेपाल लाइफको थप दुईवटा अनलाइन सेवा

नेपाल लाइफ इन्स्योरेन्सले म्याच्यूरिटी क्लेम र क्लेम इन्टिमेसन अनलाइन सेवा सञ्चालनमा ल्याएको छ । कम्पनीले हाल विश्वव्यापी महामारीको रुपमा फैलिएको कोभिड १९ का कारण उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा हामी सबैले आपूm लगायत आप्mना परिवारजनको सुरक्षाको लागि आवश्यक उपायहरु अवलम्बन गर्न अपरिहार्य रहेको भन्दै सकेसम्म अत्यावश्यक भन्दा बाहेकका अवस्थामा घरमै बस्नु पर्ने हुनाले आफ्ना  सेवाग्राहीहरुको सुविधालाई ध्यानमा राख्दै यो सेवा ल्याएको जनाएको छ ।
म्याच्यूरिटी क्लेम सेवामार्फत आफ्ना  बिमितहरुले बीमा लेख म्याच्यूरिटी हुने समयावधीको जानकारी लिन सक्ने तथा सेवामा म्याच्यूरिटिको समय पुगेका बिमितहरुले आप्mनो बिमा लेखको म्याच्यूरिटी क्लेमको प्रक्रिया अघि बढाउन सक्ने कम्पनीले जनाएको छ ।
कम्पनीका कर्मचारीहरुबाट म्याच्यूरिटी क्लेमको प्रक्रियाका काम अघि बढाउने पनि कम्पनीले जनाएको छ । त्यसैगरी क्लेम इन्टिमेसन सेवाअन्तर्गत दावीकर्ताहरुले घरमै बसेर अनलाइनमार्फत नेपाल लाइफको वेबसाइटमा दावी सम्बन्धी जानकारी दिन सक्ने भन्दै यसको आधारमा नेपाल लाइफका कर्मचारीहरुले दावी भुक्तानी प्रक्रिया आगाढि बढाउने जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्