रुसले गर्यो अत्याधुनिक हाइपरसोनिक क्षेप्यास्त्रको सफल परिक्षण

रुसको रक्षा मन्त्रालयले कसैले परास्त गर्न नसक्ने क्षेप्यास्त्रको सफल परिक्षण गरेको जनाएको छ । रुसी राष्ट्रपति भ्लादिमिर पुटिने यसै महिनाको सुरुमा हाइपरसोनिकको गतीमा अमेरिकासम्म मार हान्न सक्ने क्षेप्यास्त्रको विकास गरेको बताएका थिए ।
“सम्बन्धित क्षेत्रमा रुसको एरोस्पेस फोर्सको मिग–३१ फाइटरका सदस्यले उच्च गतीको हाइपरसोनिक क्षेप्यात्रको कम्ब्याट तालिम पनि सञ्चालन गरेको छ,” मन्त्रालयले विज्ञप्तिमार्फत जनाएको छ ।
“हाइपरसोनिक क्षेप्यास्त्रले प्राविधिक सञ्चालनको भूमिका र समयको आंकडा पुष्टि गरेको छ,” विज्ञप्तिमा भनिएको छ ।
किन्जलको लन्चको फुटेज रुसको रक्षा मन्त्रालयले सार्वजनिक गरेको छ । यो श्रव्य दृश्यमा एउटा सैन्य जहाजले क्षेप्यास्त्र बोकिरहेको देखिएको छ । क्षेप्यास्त्रका केही अंशहरु धमिलो देखिएको छ ।
यो हतियार जमिन र समुद्रको निशानालाई नष्ट पार्ने किसिमबाट तयार पारिएको छ । रुसी सेनालाई दिन र रातको समयमा कुनै पनि मौषमी अवस्थामा क्षेप्यास्त्र मार हान्न सक्ने गरी तालिम दिइएको मन्त्रालयले जनाएको छ ।
मिग–३१ लडाकु विमानको उच्च लडाकु विशेषता भएको मन्त्रालयले जनाएको छ । यसमा उच्च क्षमताको हाइपरसोनिक प्रविधि समावेश भएको पनि मन्त्रालयले जनाएको छ । अमेरिकी अधिकारीले यसलाई चुनाव अगाडि प्रचारका लागि मात्रै ल्याइको बताएका छन् ।
रुसी राष्ट्रपतिले गरेको वार्षिक सम्बोधनमा पुटिनले रुसले नयाँ परमाणु क्षमताको क्रुज क्षेप्यास्त विकास गरेको बताएका थिए । यसको क्षमता असिमित भएको र यसले हवाई प्ररिक्षालाईलाई पनि छिचोल्न सक्ने उनले बताएका थिए । रुसले अरुले परास्त गर्न नसक्ने क्षेप्यास्ग विकास गरेको र यो हाइपरसोनिकको गतीमा जान सक्ने पुटिनले बताएका थिए ।
“रुस अझैपनि विश्वमै ठूलो परमाणु सम्भावना भएको मुलुक हो । तर कसैले पनि यो कुराको बिचार गरेका छैनन्,” पुटिनले भने ।