कच्चा पदार्थ अभावमा औषधि उद्योगहरु बन्द हुदै «

कच्चा पदार्थ अभावमा औषधि उद्योगहरु बन्द हुदै

वीरगन्ज- विश्वव्यापी रुपमा मानवीय संकट निम्त्याएको कारोना भाईरस (कोभिड–१९) संक्रमणको प्रभावले वीरगन्ज पथलैया औद्योगिक करिडोरमा रहेका औषधि उद्योग कच्चा पदार्थको अभावमा बन्द हुन थालेका छन् । कोरोना संक्रमण पैmलन नदिन रोकथाम र नियन्त्रणका लागि गरिएको लकडाउनले कच्चा पदार्थ अभाव हुन थालेपछि अत्यावश्यकीय वस्तु मध्य एक औषधि उत्पादन गर्ने उद्योगहरु बन्द हुन थालेको हो । कोरानो संक्रमणले आईलागेको संकटको समयमा अति आवश्यकीय वस्तु औषधि उत्पादन गर्ने उद्योगहरु संचालन गर्न भनिएपनि वीरगन्ज–पथलैया औद्योगिक करिडोरका औषधि उद्योग धमाधम बन्द गर्न थालेका छन् ।
वीरगन्ज महानगरपालिका वडा नम्बर २१ म रहेको जिडी फार्मास्युटिकल्सले भने सोमबारदेखि ३० गतेसम्म उद्योग बन्द गर्ने सूचना टाँस गरेको छ । उद्योग व्यावस्थापनले टाँस गरेको सूचनामा उद्योगमा उत्पादन गर्न आवश्यक कच्चा पदार्थ नहुँदा उत्पादन गर्न सम्भव नभएको र कोरोना भाईरस संक्रमणका कारणले भारत तथा तेश्रो मुलुकबाट कच्चा पदार्थ आयात गर्न समेत असहज भएकोले उद्योग बन्द गर्नु परेको औषधि उद्योगले जनाएको छ । उद्योगको उत्पादनका लागि आवश्यक कच्चा पदार्थ नभएको भन्दै उद्योग बन्द गर्ने सूचना उद्योगको गेटमा टाँस गरिएको त्यहाँ कार्यरत मजदुरहरुले बताएका छन् । साथै उद्योग बन्द भएको अवस्थामा ‘नो वर्क, नो पे’ अर्थात काम नगरेको तलब नपाउने पनि उद्योगले टाँस गरेको जनाएको छ । उद्योगको टाँस गरेको सूचना हेरेपछि मजदुर संगठनले भने उद्योगको निर्णयप्रति असन्तुष्टि व्यक्त गरेको छ । विश्वमा महामारीको रुपमा फैलिएको कोरोना भाईरस संक्रमणले नेपालमा पनि देखा परेको संकट र यस्तो बेलामा औषधि जस्तो अत्यावश्यकीय वस्तुको उत्पादन गर्ने उद्योग नै बन्द गर्नु दुखद भएको बताउदै उद्योगमा कार्यरत मजदुरको तलब नपाउने सूचनाले झन दुखी बनाएको बताएका छन् । आधिकारिक ट्रेड युनियन अखिल नेपाल औद्योगिक मजदुर संघ उद्योग इकाई अध्यक्ष धमेन्द्र ठाकुरले कच्चा पदार्थको अभाव देखाएर उद्योग नै बन्द गरी मजदुर कर्मचारीहरुको तलब नदिने भन्नु अन्यायपूर्ण भएको बताए ।
राज्यले उद्योग व्यवसायमा राहत प्याकेजको घोषणा गरेको भन्दै उनले भने, “लकडाउनको अवस्थामा असंगठित मजदुरहरुको समेत तलब र सुविधा व्यावस्था गर्नु भनेर सरकारले भनेको छ । उद्योगले सरकारको निर्णय विपरीत उद्योग बन्द भएको सूचना प्रकाशित गरेर काम नगरेको अवधिको तलब नदिने भन्नु ठिक होईन ।” उद्योगका संचालक घनश्यामदास चाचानले उद्योगमा कच्चा पदार्थ अभाव भएपछि उद्योग बन्द गर्न बाध्य भएको बताए । उनले उद्योगमा आवश्यक कच्चा पदार्थ लकडाउनका कारणले आयात गर्न नपाएकोले उत्पादन बन्द हुने भएपछि उद्योग बन्द गर्नु परेको बताए । औषधि बनाउँदा मिसाउनु पर्ने धेरै प्रकारका कच्चा पदार्थहरु मध्य औषधि उत्पादनमा आवश्यक केही कच्चा पदार्थ अहिले पनि भारतको दिल्ली, कोलकत्ता, मुम्बईबाट ल्याउनु पर्ने भएकोले सामान आउन नसक्दा बन्द गर्नु परेको चाचानको भनाई छ । तर, कच्चा पदार्थहरु आयात गर्ने प्रयासमा आपूmहरु रहेको जानकारी दिदै उद्योगका संचालक चाचानले कच्चा पदार्थ आएपछि चाँडै उत्पादन शुरु हुने बताए । औषधि उत्पादनका लागि आवश्यक कच्चा पदार्थ अभाव हुन थालेपछि औषधि उद्योगहरु बन्द हुन थालेको उद्योगीहरुले जनाएका छन् । जिडी फार्मस्युटिकल्स बाहेक बाराको सिमरामा रहेको एलायन्स फर्मास्युटिकल्स र छातापिपरामा रहेको समर फर्मा पनि कच्चा पदार्थको अभावमा बन्द भएको औषधि उत्पादक संघका सदस्य प्रेम जाटियाले बताए । उनले भने, “सबैभन्दा ठूलो समस्या कच्चा पदार्थ र प्याकिङ गर्ने सामाग्री भित्रयाउन सकेनौं । निर्यातकर्ताहरुले पनि पठाउन सकेनन् । उद्योगमा काम गर्ने मजदूरहरुपनि आउन डराइरहेका छन्, त्यसैले उद्योगहरु ध्माधम बन्द हुदैछन् ।” उनले थपे “हामी पनि कति दिन चलाउन सक्छौं भन्न सक्ने अवस्थामा छैनौं बढीमा एक हप्ता सम्म चल्न सक्ला त्यसपछि कच्चा पदार्थ आयातका लागि सहज भएन भने बन्द गर्नुपर्ने हुन्छ । त्यसपछि समस्या आउन सक्छ ।
” जिल्ला प्रशासन कार्यालय पर्साले उद्योगको कच्चा पदार्थ आयातका लागि छुट रहेको जनाएको छ । सूचना अधिकारी समेत रहेका पर्साका पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललित कुमार बस्नेतले भने, “उद्योगमा देखिने मजदुर समस्यालाई सकेसम्म उद्योग परिसरकै आसपासमा मजदुरलाई राख्ने अथवा तोकिएको समय बिहान ९ बजे पुगिसक्ने र साँझ ६ बजे आउने गरि व्यावस्था मिलाउन भनिएको छ । आयातका लागि भने कुनै समस्या छैन ।”

 

प्रतिक्रिया दिनुहोस्