लेकसाइडमा अझै विदेशी पर्यटक डुल्दै «

लेकसाइडमा अझै विदेशी पर्यटक डुल्दै

पोखरा-नेपाल लकडाउन भएको अबस्थामा पोखराको मुख्य पर्यटकीय स्थल लेकसाइड क्षेत्रमा विदेशी पर्यटक हिड्ने गरेकाछन् । फ्रान्ससहित अन्य देशका विदेशी पर्यटकहरू हवाई उडानबाट केही दिन अघि काठमाण्डौं गए पनि पोखरामा रहेका केही विदेशी पर्यटकहरू अझै पनि खुलारूपमा हिंडडुल गरेका छन् ।
पोखराको गौरीघाटदेखि बारहीचोक, हल्लनचोक, बंगलादी, खहरेसम्मको क्षेत्रमा विदेशी पर्यटकहरू सडकमै हिंडडुल गरेका हुन् । तीन साताका लागि ४ जनासहित नेपाल घुम्नआएका रोवर्ड लुम्बिनि हुँदै हाल पोखरामा छन् । उनीहरूको मनाङ पुग्ने लक्ष्य भए पनि नेपालमा हाल लकडाउन भएकोले मनाङ भ्रमण रद्द भएको उनले बताए । एक गाइड चुम्बी शेर्पाका अनुसार फ्रान्सेसी करिब ९ जना विदेशी पर्यटक पोखरामा हाल बस्दै आएका छन् । उनीहरू केही दिन हवाई उडानमा नगएकाले केही दिन पनि सडक मार्ग हँुदै बसमा काठमाडौं जाने तयारी गरिएको शेर्पाले जनाए । उनका अनुसार केही फ्रान्सेली पर्यटक ६ सय रुपैयाँको रुममा बस्ने गरेका छन् ।
यस विषयमा वडा प्रहरी कार्यालय बैदामका प्रहरी प्रमुख डीएसपी यादव ढकालले आफूहरूले विदेशी पर्यटकहरूलाई पटक पटक सम्झाई बुझाई गर्दा पनि सडकमा आउने समस्या रहेकोा बताए । उनले भने, “रेवान पोखराले तोकेको ६ वटा रेष्टुरेण्टमा खाजा लिन आउनका लागि हामीले दिएका छौं, अन्यथा बाहिर ननिस्किन आग्रह गर्दा उनीहरूले हाम्रो आखाँ छल्ने गरेका छन् ।” उनीहरूलाई कोरोना भाइरस सम्बन्धि सचेत र सजग गराउँदै रोकथामका लागि नेपाली तथा अंगे्रजी दुवै माध्यममा माइकिङसमेत गराइएको डीएसपी ढकालले बताए । पोखराको पर्यटकीय क्षेत्र हाल सुनसान जस्तै भएको छ । अधिकांश होटल तथा रेष्टुरेण्टहरू बन्द रहेका छन् ।
कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम, नियन्त्रण र व्यवस्थापनका लागि सुरक्षा निकायले घर बाहिर ननिस्किन निगरानी गर्दै आएको छ । व्यक्तिगत सुरक्षा र कोरोना भाइरस सरुवा रोग भएकोले त्यसबाट बच्न र बनाउन सवै लाग्नुपर्ने समय आएको चिकित्सकहरू बताउँछन् ।
यसैबीच अत्यावसेक सेवाका लागि जिल्ल प्रशासन कार्यालयसँग समन्वय गरेको अवस्थामा केही सवारी साधनमा केही व्यक्तिहरूलाई अन्य जिल्ला समेत पठाउने व्यवस्था गरिएको कास्कीका प्रजिअ ज्ञानप्रसाद ढकालले बताए ।

प्रतिक्रिया दिनुहोस्