चौधरी फाउन्डेसनले सात प्रदेशका ४८ केन्द्रमा सुरक्षा सामग्री बाँड्यो «

चौधरी फाउन्डेसनले सात प्रदेशका ४८ केन्द्रमा सुरक्षा सामग्री बाँड्यो

चौधरी फाउन्डेसनले पहिलो चरणमा सातै प्रदेशका ४८ स्वास्थ्य केन्द्रमा कोभिड(१९) को रोकथाम र उपचारका लागि अत्यावश्यक व्यक्तिगत सुरक्षा सामग्री (पीपीई) वितरण गरेको छ । नेपालमा पीपीई अभाव भइरहँदा फाउन्डेसनले आफ्नै पहलमा अस्पताल, स्वास्थ्यचौकी, क्वारेन्टाइनरआइसोलेसन केन्द्रहरूमा वितरण गरिरहेको छ । धेरैभन्दा धेरै स्वास्थ्य केन्द्रहरूमा सुरक्षा सामग्री वितरण कार्य जारी राखिनेछ ।

फाउन्डेसनले सुरक्षा सामग्री वितरण गरेका स्वास्थ्य केन्द्रहरूको प्रदेशगत विवरण(प्रदेश १)
१० अस्थायी कोरोना सेन्टर, विराटनगर
२० मेची अस्पताल, भद्रपुर
३० बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, धरान
४० उदयपुर जिल्ला अस्पताल

प्रदेश २
५० जानकी मेडिकल हस्पिटल, जनकपुर
६० प्रादेशिक केन्द्र अस्पताल, जनकपुर
७० स्वाप परीक्षण प्रयोगशाला, जनकपुर
८० नारायणी अस्पताल, वीरगन्ज
९० राजविराज अस्पताल, सप्तरी
१०० कौडेना हेल्थपोस्ट, सर्लाही
११० मलंगवा अस्पताल, सर्लाही

प्रदेश ३
१२० कान्ति बाल अस्पताल, काठमाडौं
१३० त्रिवि शिक्षण अस्पताल, काठमाडौं
१४० वीर अस्पताल, काठमाडौं
१५०शुक्रराज ट्रपिकल तथा सरूवा रोग अस्पताल, टेकु, काठमाडौं
१६० मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर, काठमाडौं
१७० पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, ललितपुर
१८० माइती नेपाल, गौशाला, काठमाडौं
१९० कोरोना उपचार केन्द्र, चितवन
२०० चितवन जिल्ला अस्पताल
२१० जिल्ला जनस्वास्थ्य कार्यालय, हेटौंडा
२२० विपद् व्यवस्थापन केन्द्र, काठमाडौं
२३० सशस्त्र प्रहरी बल, बलम्बु, काठमाडौं
२४० मध्यपुर ठिमी अस्पताल, भक्तपुर
२५० शीर मेमोरियल अस्पताल, काभ्रे
२६० गुञ्जवान अस्पताल, टाँडी, चितवन
२७० धादिङ जिल्ला अस्पताल
२८० मुग्लिन हस्पिटल, चितवन

प्रदेश ४
२९० मध्यबिन्दु अस्पताल, कावासोती
३०० प्राथमिक स्वास्थ्यचौकी, दुम्कौली, नवलपुर
३१० पिताउन्जी स्वास्थ्यकेन्द्र, नवलपुर
३२० सहज अस्पताल, गैंडाकोट
३३० मातृशिशु मितेरी अस्पताल, कास्की
३४० पर्वत जिल्ला अस्पताल
३५० बागलुङ जिल्ला अस्पताल
३६० गोरखा जिल्ला अस्पताल

प्रदेश ५
३७० भीम अस्पताल, भैरहवा
३८० लुम्बिनी प्रादेशिक अस्पताल, रुपन्देही
३९० आयुर्वेद अस्पताल, दाङ
४०० प्रदेश प्रहरी अस्पताल, नेपालगन्ज
४१० पाल्पा जिल्ला अस्पताल
४२० रेउघा अस्पताल, रोल्पा
४३० बर्दिया जिल्ला अस्पताल
४४० देवदह क्वारन्टिन सेन्टर, रुपन्देही

प्रदेश ६
४५० रुकुम पश्चिम अस्पताल
४६० सुर्खेत जिल्ला अस्पताल

प्रदेश ७
४७० कैलाली जिल्ला अस्पताल
४८० महेन्द्रनगर जिल्ला अस्पताल

पहिलो चरणको वितरण सकिएसँगै अब हाम्रो ध्यान परीक्षण किट, एन९५ मास्कलगायत अन्य अत्यावश्यक सामग्रीमा केन्द्रित छ । चीनका विभिन्न शहरमा तयार पारेर राखिएका यी सामान नेपाल आउनेबित्तिकै द्रुत्त गतिमा वितरण थालिनेछ ।

हामीले भन्दै आएका छौं कि हामीले वितरण गरेका सामग्री देशको आवश्यकताका अगाडि थोरै हो । हामीले अझै धेरै स्वास्थ्य केन्द्रमा सुरक्षा सामग्री वितरण गर्ने लक्ष्य लिएका छौं । यो विषम परिस्थितिमा हरेक तह र तप्काले यस्तो सत्कार्यमा पहल गर्नु आवश्यक छ ।

प्रतिक्रिया दिनुहोस्