परिसंघको सहयोग जारी «

परिसंघको सहयोग जारी

नेपाल उद्योग परिसंघले नोवल कोरोना भाइरस संक्रमण प्रकोप नियन्त्रण गर्ने प्रयासमा सघाउने कार्यलाई निरन्तरता दिएको छ । परिसंघ अध्यक्ष सतिशकुमार मोरले शनिबार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई नोवल कोरोना भाइरस संक्रमणको उपचारको क्रममा स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरण थान १०० तथा ७५ हजार थान मास्क हस्तान्तरण गरे ।
हाल विदेशबाट आयात गरिएका तथा नेपालमै निर्मित सामानहरू उपलब्ध गराइएको र निकट भिवष्यमै विदेशबाट सामान आयात गरी थप आवश्यक सामग्रीहरूसमेत उपलब्ध गराउने उनले जानकारी गराए । अध्यक्ष मोरले स्वास्थ्य संकटको यो घडीमा संक्रमणको रोकथाममा पहिलो पंक्तिमा रहने स्वास्थ्यकर्मीको सुरक्षा र हौसला बढाउन सबैमा अपिलसमेत गरे । हस्तान्तरणका अवसरमा परिसंघका वरिष्ठ उपाध्यक्ष विष्णुकुमार अग्रवाल, उपाध्यक्षहरू राजेश अग्रवाल, सुलभ अग्रवालसमेत सहभागिता थियो ।
स्वास्थ्यकर्मीले प्रयोग गर्ने निजी सुरक्षा उपकरणहरू मित्र राष्ट्रहरूमा संकलन गरी आयातको व्यवस्था मिलाई रहेको तथा मास्क नेपालमै उत्पादन भइरहेको परिसंघले जनाएको छ । त्यस्तै संकटको यस घडीमा सबैलाई संयमित हुन र सरकारले जारी गरेका सबै निर्देशनको पालना गर्नसमेत अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्