Logo

नौमूलेका गाउँ वस्तीमा सुरक्षा निकाय र गाउँपालिकाको टोली

दैलेख -विश्वव्यापी रुपमा फैलिएको (कोभिड–१९) कोरोना भाइरसको संक्रमण फैलिन नदिन नौमूले गाउँपालिकाका अध्यक्ष लगाएत सुरक्षाकर्मीको टोली प्रचार प्रशार गर्दै गाउँ वस्तीमा पुगेको छ । गाउँपालिकाका अध्यक्ष भदे वुढा सुरक्षाकर्मी लगाएत स्थानीय जनप्रतिनिधिको टोली माइकिङ गर्दै कोरोना भाइरस सक्रमणवाट वच्न आह्वान गर्दै गाउँ वस्तीमा पुगेको हो ।
आइतवार नौमूले गाउँपालिकाका ६, ७ र ८ नश्म्वर वडाहरुमा जनचेतना जगाउँदै टोली गाँउ अभियानमा निस्केको नौमूले गाउँपालिकाका अध्यक्ष भदे वुढाले वताए । ‘संक्रमणवाट वच्न हामिले सवैलाई सचेत रहन सूचना जारी गर्दै सचेत रहन आग्रह गर्दै आएको छौ’ अध्यक्ष वुढाले भने, ‘यदि कोही कसैलाई कोरोनाको लक्षण देखा परेमा तुरुन्त स्वास्थ्य संस्थामा जान अनुरोध गर्दै आएका छौ ।’
साथै विदेशवाट आउने जोृ कोही पनि गाउँपालिकाको निगरानीमा रहेको वताउँदै अध्यक्ष वुढाले १४ दिनसम्म स्वास्थ्य परिक्षण गरेर मात्र घर जान दिइने वताए । नौमूले गाउँपालिकाको तोलीको एक विद्यालयमा क्वारेन्टाइन तयार पारिएको अध्यक्ष वुढाले वताए । यो संक्रमवाट वच्न सवैले साथ र सहयोग गर्नका लागि गाउँपालिकाले अनुरोध गरेको छ ।

२० लाखको कोरोना प्रकोप व्यवस्थापन कोष स्थापना
नौमूले गाउँपालिकाले २० लाख रुपैयाँको कोरोना प्रकोप व्यवस्थापन कोष स्थापना गरेको छ । कोभिड–१९ को सम्भावित जोखिमलाई मध्यनजर गरी आपतकालिन राहत कोष स्थापना गरिएको गाउँपालिकाका अध्यक्ष भदे वुढा मगरले वताए ।

नगरपालिकाद्धारा किटनाशक औषधी छर्किदै
नारायण नगरपालिका दैलेखले कोरोना भाइरस (कोभिड(१९) को संक्रमण रोकथाम तथा नियन्त्रणका लागि दैलेख सदरमुकाममा किटनाशक औषधि छर्न थालेको छ । सरकारले स्थानीय तहलाई अनिवार्य क्लोरीनलगायतका किटनाशक औषधी छर्किन निर्देशन दिएपछि नारायण नगरपालिका दैलेखले आइतवार सदरमुकाममा किटनाशक औषधी छर्केको हो ।
नारायण नगरपालिकाले नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखको सहयोगमा क्लोरीन छर्किन सुरु गरेको छ । सदरमुकाम दैलेख बजार क्षेत्रमा किटनाशक औषधि छरिएको नेपाली सेनाको इन्द्रदल गुल्म दैलेखका गुल्मपति गणेशराज पन्तले जानकारी दिए । शुक्रवार निर्माण गरिएको आइसोलेसन कक्ष स्थल सरस्वती मावी तर्ताङ्गदेखि बजार क्षेत्र हुँदै काँडाचौर तथा यहाँका कार्यालय वरवर किटनाशक औषधि क्लोरीन छर्न थालिएको हो । क्लोरीन पानीमा मिसाएर दमकल मार्फत बजार क्षेत्रमा छर्किएको उनले बताए ।

उता जिल्ला जिल्ला स्वास्थ्य कार्यालयले यहाँका गाउँपालिका र नगरपालिकाको एम्बुलेन्सको नम्बर सार्वजनिक गर्दै सूचना जारी गरेको छ । कोरोनाको सङ्क्रमण कतै नफैलियोस र कोही पनि सङ्क्रमित नहोस् भन्नका लागि जिल्ला स्वास्थ्य कार्यालय दैलेखले स्वास्थ्यकर्मीको टोली सहित घरमै गएर उपचार गर्ने रेग्मीले बताए । उनले भने, ‘कोही विरामी भए । एक कल फोन गर्नुहोस् । उपचार लागि तपाँईको घरमै आउँछौंं ।’ कोराना फैलिन नदिनका लागि विरामीको घरदैलोमा उपचार गर्न थालिएको रेग्मीले वताए । कोही विरामी हुँदा घरबाट बाहिर नआउन स्वास्थ्य कार्यालयले जिल्लाबासीलाई आग्रह समेत गरेको छ ।
स्वास्थ्य कार्यालयले सूचनासँगै ९ स्थानीय तहका एम्बुलेन्स र एम्वुलेन्स चालकको मोवाइल नम्बर सहितको सूचना जारी गरेको छ । यी नम्बरहरुमा फोन आउना साथ तुरुन्त त्यही पुगेर विरामीलाई जिल्ला अस्पतालमा ल्याइने जनस्वास्थ्य अधिकृत रेग्मीले जानकारी दिए । हामीले जिल्लाका सबै एम्बुलेन्स चालकहरुको नम्बर सामाजिक सञ्जाल, रेडियो र सम्पूर्ण स्वास्थ्य चौकीका सूचना पार्टीमा टाँसी सकेका छौं’ उनले भने ।
सबैले यो अनुरोधलाई आत्मसाथ गरे कोही कसैले उपचार नपाएर यो लक डाउनमा ज्यान गुमाउन नपर्ने रेग्मीको भनाइ छ । लकडाउन भएको बेला उद्दारका लागि १० एम्बुलेन्स तयारी अवस्थामा राखेको उनको भनाई छ । कोरोना सङ्क्रमितका लागि दैलेख अस्पतालमा १५, महावु गाउँपालिकामा ५, दुल्लू नगरपालिकामा ५, भगवतीमाई गाउँपालिकामा ५ वटा आइसोलेशन शैया र नारायण क्याम्पसमा १०० शैयाकोे उनले जानकारी दिए । जिल्ला प्रहरी कार्यालय दैलेखले यस अघि नै १५ वेडको क्वारेन्टाईन स्थापना गरिसकेको छ ।

कोरोनाको त्रास : जताततै सुनसान
विश्वभरि महामारीको रुप लिएको ‘कोभिड (१९’ ले दैलेख जिल्ला सरमुकाम लगायत अन्य बजार सुनसान छन् भने गाउँघरमा चहलपहल बढ्दै गएको छ । शहरदेखि भारत वा तेस्रो मुलुकबाट गाउँमा मानिस फर्किएपछि शहर सुनसान र गाउँतिर चहलपहल बढेको हो । विदेशबाट फर्किएकालाई स्वास्थ्य चेकजाँच गरि १४ दिनसम्म क्वारेन्टाइनमा राख्ने व्यवस्थाले शहर सुरक्षित छ भने गाउँघरमा ‘हेल्थ डेस्क’ वा क्वारेन्टाइन नहुँदा जोखिम बढ्दै गएको स्थानीयवासीको भनाइ छ ।
जिल्लाका ११ स्थानीयतहमध्ये आठविस नगरपालिका, नौमुले गाउँपालिका, गुराँस गाउँपालिका, भवतीमाई गाउँपालिका र दुल्लू नगरपालिकामा आइसोलेशन शैया तयार पारिएको छ भने अन्य गाउँपालिकामा न त क्वारेन्टाइन शैया तयार पारिएको छ, न त आइसोलेशन शैया नै । त्यसैले गाउँ भन्दा शहर नै सुरक्षित रहेको जानकारहरु वताउँछन् ।

दैलेख सदरमुकाममा २० शैयाँको आईसोलेसन स्थापना
दैलेख सदरमुकाममा २० शैयाको आईसोलेसन स्थापना गरिएको छ । विश्वरभर फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को जोखिमलाई मध्यनजर गर्दै दैलेख सदरमुकाममा २० शैयाको आईसोलेसन स्थापना गरिएको हो । दैलेखको नारायण क्याम्पसमा १ सय शैयाको क्वारेनटाइन र सरस्वती मावि तर्ताङ्गमा २० शैयाको आइसोलेसन स्थापना गरिएको हो ।
कामको शिलसिलामा भारत गएकाहरु धमाधम गाउँ फर्किएपछि दैलेख कोरोनाको उच्च जोखिममा रहेको छ । पढाइको शिलशिलामा शहर छिरेका सबै गाउँमा आउँदा मानिसको भीडभाड हुने गरेको छ । यस्तो समयमा जो जहाँ छौँ त्यहीँ सुरक्षीत हुनुपर्ने समयमा आएको छ । गाउँमा छिरेका कोही(कसैलाई संक्रमण देखिएमा शहर जस्तो गाउँमा तत्काल उपचार हुने ठाउँ छैन । गाउँमा जताततै संक्रमण फैलिँदै जाने देखिन्छ ।
दैलेख जस्तो विकट ठाउँमा भारत वा तेस्रो मुलुकबाट गाउँमा मानिस फर्किएपछि गाउँमा धेरै मानिसहहरू गाउँमा घरभित्रै बस्न सम्भव छैन । गाउँघरमा वस्तुभाउ पाल्ने हुनाले उनिहरू वनजंगल गर्नुपर्ने हुन्छ । यद्यपी केसैलाइ कोरोनाको संक्रमण भएमा उस्ले १०(१५ दिन घरमै रुघाखोकीको तातो पानी खाएर सन्चो हुन्छ भन्दै बस्ने हुँदा शहरभन्दा गाउँमा यसको जोखीम बढी देखिन्छ ।
जिल्लाका ११ वटा स्थानीय तहमध्ये आठविस नगरपालिका, नौमुले गाउँपालिका र गुराँस गाउँपालिका, भगवतीमाई गाउँपालिका र दुल्लू नगरपालिकामा क्वारेन्टाइन तयार गरिएको छ । अन्य गाउँपालिका र नगरपालिकामा क्वारेन्टाईन नहुँदा भारत र तेस्रो मुलुकवाट फर्किएका मानिस निर्धक्क गाउँघरमा जाने गरेका छन् ।

लकडाउनको मारमा वादी समुदाय
लकडाउनले दैलेख सदरमुकाम गणेश चोक नजिकै वसोवास गर्दै आईरहेका वादी समुदायलाई विहान वेलुका छाक टार्न मुस्कील पर्दै आएको छ । टूक र गाडिका सामान लोड अनलोड गरी जिविको गुजार्दै आएका वादी समुदायलाई लकडाउनले छाक टार्न मुस्कील भएकोे हो । विश्वभर फैलिरहेको कोरोना भाइरस (कोभिड(१९) को संक्रमणको सम्भावित जोखिमलाई न्यनिकरण गर्न नेपाल सरकारले आउँदो १८ गते सम्मका लागी लकडाउन गरेपछि उनीहरुलाई विहान वेलुकाको छाक टार्न मुस्किल परेको हो ।
२०६० सालदेखि अस्थायी रुपमा नगरपालिकाको गणेश चोक नजिक वसोवास गर्दै आएका जग्गा विहिन भण्डै ५८ घरधुरी रहेका वादी समुदायले गाडिमा समान लोड अनलोड गरि जीवनयापन गर्दै आईरहेक छन् । कोरोनाको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले लकडाउन गरेसँगै दैलेखमा गाडि आवत जावत नभएपछि उनीहरुको दिनचार्यमा सकस परेको छ ।
ओछ्यानबाट उठ्ने वित्तिकै यातायातका साधनबाट साहुको सामान लोड अनलोड गर्नेदेखि दैलेख बजारमा निम्नस्तरको मजदुरी गरि छाक टार्नमै उनीहरुको दिनचर्या बित्छ । ‘मजदुरीको पैसाले विहान बेलुकाको खाना जुटाउनै मुस्किल हुन्छ’ स्थानीय नरजीत वादीले भने, ‘यो लकडाउनमा छाक टार्न मुस्कील परेको छ ।’
नारायण नगरपालिका वडा नं. १ का अध्यक्ष तिर्थ नारायण श्रेष्ठ (ध्रुव) ले वडा नं. १ को विपद् कोषमा भएको रकमवाट उनीहरुलाई आवश्यक खाद्यान्न सामाग्री वितरण गरिने वताए । वडा अध्यक्ष श्रेष्ठले भने, ‘नारायण नगरपालिका वडा नं. १ को नमुना वस्ती, रातामाटे लगाएतका वस्तीमा आवश्यकताका आधारमा खाद्यान्न लगाएतका सामाग्री वितरण गरिने छ । यो संकटको घडिमा गरिव, न्युन स्तर भएका जनतालाई सहयोग गर्नका निम्ति वडा नं. १ ले विपद् शिर्षकमा केहि रकम छुट्टयाएको र सोहि रकम खर्च गरिने छ ।’
अरुकोमा काम गरि खाने मान्छे लकडाउन भएदेखी छाक गुजारा गर्न मुस्किल भएको वादी समुदायकी बिमला वादिको भनाई छ । ‘लकडाउन नहँुदा कतिवेला मालवाहाक गाडि आउँलान् र काम पाइएला भनेर बस्ने हामी जस्ता गरिवलाई अहिले निकै समस्या भएको छ’ उनले भनिन्, ‘वाल वच्चा कसरी वचाउने न गतिलो वास छ, नत खानलाई गास ।’

 

प्रतिक्रिया दिनुहोस्