प्रिअर्डर गर्नेले पाउन थाले ग्यालेक्सी एस–९ «

प्रिअर्डर गर्नेले पाउन थाले ग्यालेक्सी एस–९

सोल-दक्षिण कोरियामा प्रिअर्डर गर्नेले सामसङ इलेक्ट्रोनिकसको ग्यालेक्सी एस–९ पाउन थालेका छन् ।स्थानीय मोबाइल क्यारियरले ग्यालेक्सी एस–९ श्रृंखलाका फोनहरू उपभोक्तालाई वितरण गर्न थालेको बताएका छन् । यो फोनको आधिकारिक विश्वव्यापी सार्वजनिक गर्ने समय भने मार्च १६ तारिख तोकिएको छ ।
देशकै ठूलो मोबाइल क्यारियर एसके टेलिकमले प्रिअर्डर गर्ने मध्ये आधाले ग्यालेक्सी एस –९ प्लसको २६५ जीबी भर्सन रोजेको जनाएको छ । यो फोनमा एस–९ को तुलनामा ठूलो स्क्रिन र दुईवटा क्यामरा रहेको छ । पुरुष उपभोक्तामध्ये कालो रङ बढी लोकप्रिय देखिएको छ । जबकि आधाभन्दा बढी महिला खरिदकर्ताले बैजनी रङ मन पराएका छन् ।ग्यालेक्सी एस–९ पनि सुधारिएको कृत्रिम बौद्धिकता (एआई) का साथ आएको् छ ।
विश्लेषकहरूले ग्यालेक्सी एस–९ को स्वदेशी प्रिअर्डर गत वर्ष लन्च गरिएको एस–८ श्रृंखलाको डिभाइसको जत्तिकै नभएको बताएका छन् । सामसङले यो फोनको प्रिअर्डरका बारेमा अझै सार्वजनिक गर्न बाँकी नै छ ।“प्रातःकालमा हामीले आठवटा ग्यालेक्सी एस–९ का लागि खाता खोलेका छौं । तर, मध्याह्नमा आएर यसका बारेमा थप खोजी भएको हामीले पाएनौं,” स्रोतले जनाएको छ ।“सर्वसाधारणले ग्यालेक्सी एस–८ तथा ग्यालेक्सी नोट–८ को तुलनामा यो फोनमा थोरै मात्र चासो देखाएका छन्,” उक्त खुद्रा विक्रेताले बताए ।

प्रतिक्रिया दिनुहोस्