Logo

लकडाउन अवधिभर गाउँमा नआउन बाटो बन्द

जुम्लाको कनकासुन्दरी गाउँपालिका ५ लुड्कु गाउँमा ‘लकडाउन’ अवधिभर कोहि पनि नआउन मुख्य बाटोलाई बन्द गरिएको छ । कोरोना भाईरस संक्रमणबाट मानवजातीलाई संकटमा पार्न सक्ने जोखिमलाई रोक्न सरकाले गरेको ‘लकडाउन’ अवज्ञा गर्दै भिडभाड गर्ने, आवतजावत गर्ने तथा घुमफिर गर्नेको संख्या बढेपछि गाउँका यूवाले मुख्य बाटोनै खम्बा, गाडेर, काँडा हालेर  बन्द गरेका हुन् ।
 लुड्कु गाउँ नाग्म गमगडी सडक खण्डको मुख्य बजार गुठिज्युलामा नजिक पर्छ । जहाँ प्रसिद्ध कनकासुन्दरी मन्दिर, विराट राजाको दरबार भएकाले पनि दैनिक मान्छेको भिडभाड हुन्छ । कोरोनाको त्रासले आफ्नै परिवार एकआपसमा बस्ने अबस्था छैन । लकडाउनका बीचपनि अनाआबश्यक डुलुवा मानिसको आवतजावत बढेपछि मुख्य बाटोनै काँडा हालेर बन्द गरिएको ५ नम्बर वडाध्यक्ष विर्खबहादुर खत्रीले बताए । उनका अनुसार गाउँका भित्रिने तीनवटै नाकामा खम्बा सहि काठ तथा काँडा राखी पुर्णरुपमा बाटो बन्द गरिएको छ ।
गाउँमा कोहिपनि नआउन सूचना समेत गरिएको छ । यदपी बाटोनै बन्द गर्दा पनि आवत जावत भए प्रहरी लगाए नियन्यत्रणमा लिने समेत सूचना गरिएको छ । भने, करिब एक महिना बढीका लागि ईष्ट मित्र, छोरी ज्वाई लगायत गाउँकै स्थानीयपनि अत्याआबश्यक काम बाहेक ओहोरदोहोर नगर्न सूचना गरिएको स्थानीय उपेन्द्र न्यौपानेले बताए ।
लकडाउनको चौथो दिन कनकासुन्दरी गाउँपालिकाले गाउँमा प्रबेश निषेध भनि गरेर निर्णयले अन्य गाउँका सर्वधारणलाई पाठ सिकाएको छ । गाउँको बाटो बन्द हुँदा करिब दर्जनबढी गाउँको आवतजावत पनि बन्द हुने छ ।
लडकडाउनको पुर्ण रुपमा कार्यान्वयन नभएको क्रमिक रुपमा क्वारेन्टाईन बस्नेको संख्या बढ्दै गएपछि लुड्कु गाउँमा कसैलाई नआउन बाटै बन्द गरिएको छ । भारत लगायत अन्य देशबाट आउने जोसुकैलाई १४ दिन क्वारेन्टाईनमा राखेर मात्रै गाउँमा प्रबेश गराउने योजना बनाइएको छ ।
लकडाउन कार्यान्वयनका लागि बुधबार आक्रमक बनेको जिल्ला प्रशासनले लुडकु गाउँमा गरिएको बाटो बन्दलाई कोरोना संक्रमण बाट बच्ने उत्तम उपायका रुपमा लिएको प्रमुख जिल्ला अधिकारी दुर्गा बञ्जाडेले बताए । लकडाउन अवधि बढाएको खण्डमा जुम्लाका सम्पुर्ण गाउँहरुको आवतजावत हुने पुल तथा बाटोहरु बन्द गरिने उल्लेख गरे ।

प्रतिक्रिया दिनुहोस्