चौधरी फाउन्डेसनको ‘कोरोना रेस्पोन्स टिम «

चौधरी फाउन्डेसनको ‘कोरोना रेस्पोन्स टिम

चौधरी फाउन्डेसनले कोभिड–१९ (कोरोना)को उपचारका लागि आवश्यक सामग्री उपलब्ध गर्नका लागि ‘कोरोना रेस्पोन्स टिम’ खडा गरेको छ । संसारभर कोरोनाले महामारी फैलाइरहेका अवस्थामा फाउन्डेसनले देशभरका स्वास्थ्य संस्थाहरूमा कमिका रूपमा देखा परेको पीपीई जस्ता आवश्यक सामग्री प्रदान गर्न ‘कोरोना रेस्पोन्स टिम’ खडा गरेको हो । फाउन्डेसनले स्वास्थ्यकर्मीलाई कोराना परीक्षण र उपचारका लागि अति आवश्यक रहेको पर्सनल प्रेटेक्टिभ इक्युपमेन्ट अर्थात पीपीई, मास्क, एन ९५ मास्कजस्ता अत्यावश्यक सामग्री प्रदान गर्ने लक्ष्य लिएको फाउन्डेसनले जनाएको छ । फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले मंगलबार प्रदेश नं ५ का आन्तिरक मामिला तथा कानुनमन्त्री कुलप्रसाद केसीमार्फत क्वारेन्टाइन सेन्टरलाई अत्यावश्यक पीपीई र अक्सिजन जेनेरेटिङ एपरेटस प्रदान गरेका थिए ।
नवलपुरका प्रमुख जिल्ला अधिकारी पिताम्बर घिमिरेलाई पनि पीपीई प्रदान गरिएको थियो । यसका साथै सरकारसँगको सहकार्यमा फाउन्डेसनले प्रदेश नं ४ लाई पनि पीपीई, आइसोलेन किट, मेमिकल मास्कहरू प्रदान गरेको पनि फाउन्डेसनले जनाएको छ । फाउन्डेसनले लुम्बिनी प्रादेशिक अस्थायी कोरोना अस्पताल, भीम अस्पताल (भैरहवा), आयुर्वेद अस्पताल (दाङ) र प्रदेश प्रहरी अस्पताल (नेपालगन्ज)का लागि पनि पीपीई, सर्जिकल मास्कजस्ता अत्यावश्यक सामग्री हस्तान्तरण गरेको छ ।

प्रतिक्रिया दिनुहोस्