श्री राधामाधव समितिद्वारा कोराना कोषलाई सहयोग «

श्री राधामाधव समितिद्वारा कोराना कोषलाई सहयोग

जगदगुरु कृपालुजी महाराजका एकमात्र नेपाली प्रचारक तथा श्री राधामाधव समिति नेपालका संरक्षक स्वामी हरिदासजीको सत्प्रेरणाबाट श्री राधामाधव समिति नेपालले नेपाल सरकारद्वारा सञ्चालित कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार अभियानलाई सघाउन १५ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ ।
उक्त सहयोग राशि श्री राधामाधव समिति नेपालद्वारा नेपाल सरकारले राष्ट्रिय वाणिज्य बैंकमा खोलेको कोरोना भाइरस संक्रमण रोकथाम नियन्त्रण तथा उपचार कोषको खातामा जम्मा गरिएको छ । यसैबीच श्री राधामाधव समिति नेपालका संस्थापक अध्यक्ष समेत रहेका स्वामी हरिदासजीले लिखित सन्देशमार्फत कोरोना विश्वव्यापी महामारीको महानविपत्तिको यस क्षणमा असीम धैर्यता र विशेषः सजगता अपनाउन सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीलाई आग्रहसहित यसबाट नेपाललगायत विश्व समुदायलाई छिट्टै उन्मुक्ति निम्ति भगवान पशुपतिनाथसँग प्रार्थना गरेको संस्थाले जनाएको छ ।

 

प्रतिक्रिया दिनुहोस्