धितोपत्र बोर्डले कोरोना भाइरस नियन्त्रण कोषमा ५० लाख योगदान गर्ने

नेपाल धितोपत्र बोर्डले ‘कोरोना भाइरस संक्रमण रोगथाम एवं नियन्त्रण उपचार कोष’मा ५० लाख रुपैयाँ योगदन गर्ने भएको छ । विश्वव्यापी महामारीका रूपमा द्रुत गतिमा फैलिरहेको कोरोना भाइरस रोगको संक्रमणलाई मुलुकभित्र फैलिन नदिन तथा सोको रोकथाम एवं नियन्त्रणका लागि नेपाल सरकारबाट भइरहेको प्रयास बोर्ड पनि सहभागी बनेको हो ।
यस विपत्तिको घडीमा नेपाल सरकारले चालेको रोग नियन्त्रणको अभियानमा आ–आफ्नो तर्फबाट समेत सहयोग पु¥याउन पुँजीबजारका सबै सहभागीहरू नेप्से, सिडिएसी, क्रेडिट रेटिङ संस्थाहरू, मर्चेन्ट बैंकरहरू, धितोपत्र दलाल व्यवसायीहरू, आस्बा सदस्यहरू तथा सूचीकृत कम्पनीहरूलगायतका संस्थाहरूलाई समेत बोर्डले सहयोग गर्न आग्राह गरेको छ ।
सो खातामा यथासक्दो रकम जम्मा गरी सहयोग पु-याउन हुनसमेत नेपाल धितोपत्रबोर्ड अनुरोध गर्छ । सरकारले स्थापना गरेको कोषमा सरकारका तर्फबाट ५० करोड रुपैयाँ छ । सो कोषमा सरकारका मन्त्रीहले एक महिनाको तलब योगदन गर्ने प्रतिबद्धता जारी गरेसकेको अवस्था छ । सोमबार र मंगलबारसम्ममा विभिन्न संघ–संस्था तथा व्यक्तिहरूले पनि योगदनको घोषण गर्ने क्रम जारी रहेको छ । उक्त कोषमा इच्छुक व्यक्ति तथा संघ–संस्थाले राष्ट्रिय वाणिज्य बैंकमा खोलिएको खाता नम्बर १९६०००००११०१ मा जम्मा गर्न सक्ने व्यवस्था छ ।