सिटिजन्स बैंकको पाँचौं विशेष साधारणसभा स्थगित «

सिटिजन्स बैंकको पाँचौं विशेष साधारणसभा स्थगित

सिटिजन्स बैंक इन्टरनेसनलले डाँकेको पाँचौ विशेष साधारणसभा स्थगित गरेको छ । चैत १० गतेका दिन अमृतभोग, कालिकास्थान, डिल्लीबजार काठमाडौंमा गरिने भनीएको पाँचौं विशेष साधारणसभा विश्वभरि फैलिएको कोरोना भाइरसको जोखिम र सरकारबाट जारी निर्देशन र सूचनाअनुसार सार्वजनिक भेला बैठक समारोह गर्न बन्देज लगाइएकाले सो निर्देशन र सूचनाको परिपालना गर्दै यस बैंकको सञ्चालक समितिको शनिबारका दिन सम्पन्न ३३० औं बैठकको निर्णयअनुसार अर्को सूचना नभएसम्मका लागि उक्त विशेष साधारणसभा हाललाई स्थगित गरिएको कुरा बैंकले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्